प्रेमिल उपन्यास पढ्ने पाठकहरूको रोजाईबाट यी उपन्यास “फेक स्माइल” र “रित्तो म”कसरी छुट्न सक्छ ?
फेक स्माइल वेस्ट सेलर चर्चित उपन्यास पनि हो ।
रित्तो म उपन्यास फेक स्माइल उपन्यासको सिक्वेल हो । दोस्रो भाग हो । दोस्रो श्रृङ्खला हो । दोस्रो प्रेम कथा हो। दोस्रो पटक फेक स्माइल उपन्यास नियाल्ने आधार हो । दोस्रो पटक भावनामा बग्ने, अनुभव गर्ने प्रेमिल उपन्यास हो । मुख्य पात्रद्वारा उनीहरूको प्रेम कथा नियाल्ने अवसर हो ।
भावना कँडेल द्वारा लिखित फेक स्माल र रित्तो म प्रेमिल उपन्यास हुन् ।
तेजस्वनि सदन प्रेमिल उपन्यास पढियो । वाक्य र शब्दहरूले मन छोयो । त्यो भन्दा पनि उपन्यासमा देखाइएको दृश्य अलि रहस्यमय भएर नै । यस प्रेमिल उपन्यास बेस्ट लाग्यो । प्रेमिल उपन्यास पढ्ने पाठकहरूको रोजाइमा सायद तेजस्वनि सदन उपन्यास पनि छुटेको हुनसक्छ । –
Fake smile र रित्तो म पनि एक यस्तै पात्रहरूलाई रहस्यमय जस्तो बनाई प्रेम कथालाई समेटिएको छ । पाठकहरूलाई उपन्यास पढ्दै गर्दा उपन्यासका पात्रहरूलाई अनुभव गराउन सक्नु यी दुवै उपन्यासको बलियो पक्ष हो । पढ्दा पढ्दै मन पोलेको भानपर्छ । कहिल्यै प्रेम नै नगरेको व्यक्तिलाई पनि प्रेम नै गरेको हुँ जस्तो गरी महशुस हुन् थाल्छ। हुँदै नभएको प्रेमीलाई कल्पना गर्न बाध्य पार्छ । अनि हुँदैन नभएको प्रेमीले धोका दियो भनी मन रुन थाल्छ । यो मैले पढ्दै गर्दा गरेको अनुभव हो । प्रेममै रहेका युवा पुस्ताहरुको मन मुटु छाम्न सक्ने सामर्थ्य राख्छन् , यी उपन्यास ले । छोटा मिठा शब्द र वाक्यहरू । सरल लेखन शैली । पढ्दा पनि रमाइलो लाग्ने । अरु प्रेमिल उपन्यास भन्दा यो उपन्यास राम्रो लाग्नु, बेस्ट लाग्नु को कारण यी उपन्यासमा अनावश्यक प्रेमील सन्दर्भका कुराकानीहरूलाई राखिएको छैन । छन् तर सीमित।
। अरु पाठकलाई कस्तो लाग्यो, त्यो उनीहरु नै जानुन् । कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला ।
आखिर कस्तो खालको प्रेमील उपन्यास हो भन्नु होला । त्यो त पढे पछि मात्रै थाहा हुन्छ । थाहा हुदैँन, महशुस हुन्छ ।
भावना कँडेल ज्यू को यी उपन्यास मा प्रेम को एक पक्ष मात्रै नभई प्रेम को दुवै पक्ष लाई दुवै प्रेमी द्वारा देखाउने प्रयास गर्नु भएको छ । प्रेम मात्रै जीवन होइन, त्यो भन्दा अगाडि पनि भविष्य छ । जसलाई पाउने आँट हुनु पर्छ । अभिलाषा हुनुपर्छ । प्रेम बिना पनि जिउन सकिन्छ ।
पढ्दै गर्दा केही कुराले मन गोच्यो । प्रेममा एक अर्का प्रति आदर नहुनु । विश्वास नहुनु । प्रस्ट कुरा नहुनु । आफ्नो विगत लाई ओझेल पार्नु । सत्यलाई असत्य झै देख्नु । कुनै पनि कुरालाई गलत तरिकाले बुझ्नु । मुस्कान पछाडि लुकेको पीडा नदेख्नु । यिनै तत्त्व हुन् जसले प्रेमलाई प्रेम होइन, घृणाको संज्ञा दिन्छ । अपवित्र ट्याग लगाई दिन्छ ।
दोश्रो भाग “रित्तो म” मा पनि अन्त्यमा आई केही विचलित प्रश्नहरू ले कथालाई फेरि एक नयाँ मोड थप्ने ग्याप छाडेको छ । यस शृङ्खलाको तेस्रो भाग पनि चाँडै नै पढ्न पाइयोस् ।
तर पनि प्रेमिल उपन्यासको सन्दर्भमा मेरो एक उही प्रश्न कायमै छ । के पहिलो भेट मै चिन्दै नाचिनेको व्यक्ति सँग प्रेम हुन्छ त ? (पहिलो भाग फेक स्माइल को सन्दर्भमा)
म कन्फ्युज छु ।
लेखक ज्यू लाई मेरो एक प्रश्न,
फेक स्माइल शृङ्खलाको तेश्रो भाग पनि पढ्न पाउने छौ त ?
म एक पाठक प्रतिक्षा मा छु । सायद बाँकी पाठक पनि होलान् । नहुने कुरै भएन ।
तेजस्वनि सदन, फेक स्माइल, रित्तो म प्रेमील उपन्यास मैले पढेका माध्यका फेबरेट उपन्यास हुन् । हुने छन् र म पटक पटक पढ्ने छु, समय मिलाएर । किनकि उपन्यासको कथा वस्तुले मन छोयो । शब्दले मस्तिष्क । घट्नाले स्मृति । शैलीले चेतनालाई । मैले कुनै पनि कुरा बढाई चढाई लेखेको छैन । मैले उपन्यास पढ्दा मैले गरेको अनुवभलाई शब्दमा उतारेको मात्रै हु । उपन्यासको कथा वस्तुलाई पनि मैले ओझेलमा परेको छु । किनकि उपन्यासको समीक्षा गर्न म दोमनमा होइन, अनेक मनमा छु । खै कता बाट सुरु गर्नु। अर्को पटक यी उपन्यासलाई पढे पछि विस्तृतमा उपन्यासको प्रेमील कथा वस्तुको समीक्षा गर्ने छु ।
पुस्तक : फेक स्माइल र रित्तो म
प्रकाशक : शिखा बुक्स
लेखक: भावना कँडेल
समीक्षा: एक रावल
( केही पाठक लाई त्यति स्पेसल नलाग्न सक्छ । किनकि प्रत्येक पाठक को नियाल्ने दृष्टिकोण फरक फरक हुन्छ । जसले जस्तो बुझ्यो, उस्तैलाग्छ । )

Comments (0)
No comments yet — be the first to say something.