Catch feed

Catch → माले – सच्चा प्रेम अनि भक्ति

✓ Unlocked — enjoy the rest of the Catch
Animal & Love

माले – सच्चा प्रेम अनि भक्ति

सुन्नुहोस् · Listen Your phone or computer reads this Catch aloud in its own voice — Nepali in a Nepali voice if your device has one (otherwise Hindi), English in English. Pause any time, change the speed, or tap a paragraph to start from there. Free, and nothing is sent anywhere.

खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ
सँगसँगै पिपको धारा बगिरहेको रहेछ ।

मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता
लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई
, दपेटाई खप्नु पर्छ । आफ्नो शरिरमा भएको
घाउले आफैंलाई कति गहिरो पिडा दिएको हुँदो हो
, त्यसमाथि पनि
सबैको पिटाई पनि खानु नै छ । बर्खा मौसम कतै ओत लागेर बस्न पाएको छैन
, घाउमा
पानिले झन झन थप
गहिरो
पिडा थप्दै छ ।

 अस्ति बिहान सयौं यजमानहरुको मा दिन भरि राम राम भन्दै जटिल संस्कृत
पढ्ने बाहुनले आफुले उचाल्न सक्ने भन्दा ठुलो ढुङ्गा खोजेर मालेलाई हिर्काउदै
गर्दा म बिहान सबैरैको कालो चिया बनाउँदै थिएँ । बाहुन र माले आमुन्ने सामुन्ने
बाट आ-आफ्नो तिरबाट बाटोमा हिड्दै थिए
, के दोश थियो र मालेको तेसरि तेति ठुलो
ढुङ्गाले हिर्काउनु पर्ने
? शरिरमा भएको गहिरो घाउ देखेर साहानुभुति
देखाउनुको सट्टा उल्टै ठुलो ढुंगाले हिर्काउनु पर्ने रहेछ
?

माले कुकुर कति मस्तले हाम्रो बरण्डामा सुतिरहेको थियो कुनैदिनको
रातमा ।

सम्भोगरत अबस्थामा, जबकि कुकुरहरुले आफुले चाहेर पछि आफ्नो
यौनाङ्गहरुलाई एक अर्काको मिलनबाट छुट्टाउन नसक्ने रहेछन् । सँगैको छिमेकि
बारिवाला दाईले झन ठुलो ढुङ्गाले त्यस अबस्थामा सम्भोगरत अबस्थामा हिर्कायो ।
एकपटक सोचौं न
, त्येहि बेदना आफुमा पर्दा कस्तो हुन्छ होला? ऊसले ठुला ठुला
ढुङ्गाहरुले निर्मम तरिकाले निरन्तर बर्साद गरिर्हयो ति कुकुरहरु माथि । अन्तत
मैले सहन नसकेर गोरु बेचेको नाता पर्ने दाईलाई कडा बचन गरें । त्यसपछि पनि न उसलाई
हिनताबोध भयो न म सँग रिसायो मैले केहि बुझ्न सकिन । चाहे जे सुकै होस अब मलाई ति दाईप्रति
कुनै भातृभाब छैन । ऊसले जसलाई जे पनि गर्न सक्छ कि ऊसको मुटु तेति दरिलो छ ।

मेरो अप्रत्यक्ष डरले हाम्रो घरमा बस्ने बिद्मार्थि युबकहरुले चाँहि
झटपट तेसरि कुनैपनि कुकुरलाई कुट्न सक्दैनन् । आखिर कुट्नु नै किन पर्यो र
?
हामिलाई
बाँच्न मन लाग्छ
, खुसि हुन मन लाग्छ भने बाँकि अरु प्राणीहरुलाई पनि तेहिनै हो नि
होईनर
?

आजभन्दा दश दिन अगाडि घाउ फैलिन थाले पछि मैले फेसबुकमार्फत थाहा
पाएको परोपकारि संस्थालाई उपचारको लागि पहल गरें । ऊनिहरुको कार्य ब्यस्तताले मलाई
प्रतिउत्तर दिन पाएनन् होला । आज फेेरि चिया बनाउन लाग्दा
, मृत्युको मुखमा
भएको
, गलित शरिर लिएर अझैपनि पुरानै जोसमा हिडिरहेको मालेलाई देखेपछि आखा
अलिकति रसायो
, हतार हतार अनुरोध गरें उपचारको लागि । यसपटक प्रतिउत्तर पाएकि “भोलि
उपचारको लागि आऊछन्” ।

 आशा गर्छु भोलि आउँछन् , मालेलाई ठिक हुन्छ ।

ऊ बिरामि(घाऊ) भएपछि फेरि हाम्रो घरको बरण्डामा आएर सुतेको छैन ,
जति
पानिमा भिजेपनि फेरि ऊसले त्यो बेन्चमा आएर सुतेको छैन
, पहिले एउटा माईक
पनि लुतो आएको दिनपछि फेरि कहिलै बरण्डामा आएर फेरि सुतेन ….. सबै कुकुरहरुको
स्वभाब अनि ज्ञान र बिबेक समान हुन्छ ….

आखिर ऊ किन फेरि हाम्रो बरण्डामा आएर सुत्दैन, थाहा छ कसैलाई ?
मलाई
थाहा छ ।

सच्चा प्रेम अनि भक्ति !!!

Comments (0)

No comments yet — be the first to say something.