म हराउँदै छु स्वर्थमा
म बोल्दिन निस्वर्थमा
झुकियो भावना
प्रेममा अड्किएको भ्रमिक जालोमा
नसोध मलाई
म भुल्दै छु मेरो धर्म
सलल बगेको खोला जस्तै
एकोहोरो बग्दै छु
लगाम लगाएको घोडा झै
सिधा बाटो हेर्दै छु
कता भेटिएला मेरो धर्म
कोटको गोजिमा खोज्दै छु
मैले हराएको धर्म
म आफै खोज्दै छु
मैले खोजे त्यो धर्म
ढोका बन्द गरि कोठा भित्र
खाट मुनि हेरे
दराज भित्र हेरे
कतै फालेकि मैले झ्यालबाट हेरे
भेटिन मैले
कता हराएछु धर्म
पल्लो घरमा सोधे कतै तेतै छाडेकी
प्रस्न आयो उल्टै
के हो धर्म?
स्वतन्त्रा आफ्नै थियो
हिडेर पुगे एकान्त कुनामा
देखिन्छ कि कतै धर्म भनी
न त सुनिन्छ नै स्वर
बिम्ब प्रकशको
तर समस्त प्राणिमा थियो
मेटिएछ बाटो धर्म खोज्न हिडेको
फर्कन सहयो कस्ले गर्ने हो?
एक्लै भए खोजी गर्ने
फेरि हराएको मैलेनै हो
कतै बाटो त कतै वनमा
कतै ओडार त कतै मरूभुमीमा
भेटिएन कतै मेरो धर्म
मैले हराएको धर्म
आफ्नो धर्म
धिकार छ मलाई भेट्दिन
आफै संग थियो धर्म
मैले हराए धर्म
हो मैले हराए धर्म ।।
Comments (2)
धर्मलाई कुनै बाहिरी आडम्बर वा परिभाषामा होइन, आफ्नै अन्तरात्माभित्र खोज्दै हिँडेको गहिरो आत्मसंवादजस्तो लाग्यो। ‘कोटको गोजीमा खोज्दै छु’, ‘खाटमुनि हेरेँ’ हुँदै अन्ततः ‘आफैँसँग थियो धर्म, मैले हराएँ धर्म’ सम्म आइपुग्दा कविताले आफ्नै हराएको बाटोमा पाठकलाई पनि उभ्याउँछ। आत्ममन्थन र प्रतीकको सुन्दर संयोजन—मन छुने र सोच्न बाध्य बनाउने कविता।शुभकामना 🙏
धन्यवाद