Catch feed

Catch → म सम्झिरहने मान्छे हुँ

✓ Unlocked — enjoy the rest of the Catch
Poem

म सम्झिरहने मान्छे हुँ

कविता : राजकुमार निरञ्जन ✍️

पातको माथि रहेको
टिलपिल टिलपिल शितको थोपालाई हेर्दै
लेखेर प्रेमिल कविता त्यही थोपा भित्र
तिमिलाई सम्झिरहने मान्छे हुँ म

भमराका भुनभुनाटमा
फुलका सुगन्धमा
जुनको शितलतामा
ताराको चमकत्तामा
रमाउदै स्मृतिलाई तरङ्गित गर्दै
तिमिलाई सम्झिरहने मान्छे हुँ म

प्रेमिल पुस्तकका कहानिको पात्र
तिमिलाई बनाएर
तिमिलाई सम्झिने मान्छे हुँ म

एक्लै लामो बाटो सफर गर्दा
एक्लै सपना देख्दा
एक्लै कठिन मोडमा हुदाँ
एक्लै दुविधामा हुदाँ
तिमिलाई सम्झिरहने मान्छे हुँ म

मन दुख्दा पनि
मन प्रफुल्ल हुँदा पनि
आँट सुक्दा पनि
जोश हुदाँ पनि
शिर झुक्दा पनि
शिर उठ्दा पनि
आत्तिदा पनि
मात्तिदाँ पनि
तिमिलाई सम्झिरहने मान्छे हुँ म

बद्लिन्छु र बदल्छु भनेर संकल्प गर्दा
बाँच्ने अभिलाषा बोकेर संघर्ष गर्दा
ज्ञानको मार्ग वा ध्यानको मार्गमा हुदाँ
तिमिलाई सम्झिरहने मान्छे हुँ म

तिमी छैनौ भनेर मान्नको लागि पनि
मैले सम्झिनुपर्छ तिमिलाई
तिमिलाई बिर्सन पनि
मैले सम्झिन पर्छ तिमिलाई
तिमी मेरै होईनौ भनेर मान्न पनि
मैले सम्झिनु पर्छ तिमिलाई
कल्पनाशिलतामा होस या हकिकतमा होस
तिमिलाई सम्झिरहने मान्छे हुँ म

मेरो मस्तिष्कका
अर्बौँ न्युरोनहरुले तिम्रै स्मृतिहरु
बोकेर दौडिरहेका हुन्छन

म गतिशिल छु
तिम्रो सम्झनाले उत्पत्ति गरेको उर्जाले

म हराउदाँ पनि
मेरा सम्झनाहरु रहिरहेछन यतै कतै

म तिमिलाई सम्झिरहेर
हराउन चाहाने मान्छे हुँ !

Comments (2)

Janak Karki 3 days ago

प्रेमिल

Reply
Rajkumar Niranjan 3 days ago

धन्यवाद ✍️❤️

Reply