Catch feed

Catch → सपनाको व्यापार

✓ Unlocked — enjoy the rest of the Catch
Poem

सपनाको व्यापार

अब म व्यापार गर्नेछु
बिना लगानीको व्यापार
सपनाको व्यापार
किनकी,
सपना बेच्न गाह्रो छैन
उधारो बेच्दा घाटा हुदैन
आशामा झुन्डिनु बाहेक अरु हुदैन
दिउँसै तारा देखाए भयो
कुनै भौतिक कारण हुँदैन
अब,
प्रेमी अरुसँंग बोल्दा मोबाइल पड्किन्छ भने
प्रेमीका मख्ख!
प्रेमीका अरुसँग बोल्दा आफै गाला चड्किन्छ भने
प्रेमी मख्ख !
भोली सुनको भाउ १०० पर्खी लाख भने
स्त्री मख्ख!
झगडा पर्दा श्रीमतीको मुख बन्द भने
श्रीमान मख्ख!
रीस उठ्दा श्रीमान कुट्न पाइन्छ भने
श्रीमती मख्ख!
हरेक घण्टा एक बोरा चामल आउँछ भने
गरीब मख्ख!
तिम्रो सम्पती दोब्बर हुन्छ भने
धनी मख्ख!
स्कुल होमवर्क बन्द भने
भुराभुरी मख्ख!
यस्तै सपना बेचेर म चुनाव जिते भने
भोली मन्त्री पर्सि प्रधानमन्त्री भएँ भने
आहा !

Comments (0)

No comments yet — be the first to say something.