Catch feed

Catch → //सेतो धरती//

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

//सेतो धरती//

लेखक अमर न्यौपानेद्वारा लेखिएको मदन पुरस्कार विजेता (२०६८)उपन्यास सेतो धरतीले पहिलाका पुस्तालाई आधार बनाएर बाल विवाह रबालबिधवाका बारेमा अहिले का पुस्तालाई उ बेलाको संस्कार, परम्परा र रीतिरिवाजका बारेमा सुनौलो जानकारी प्रदान गर्न मदत गरेको छ ।  लेखकले यो कृति आफूले देवघाटकाे यात्रा मा भेटेको माई र देवघाट मा गई बालविधवा हरु काे बारेमा अध्ययन गरी, उनीहरूकोदैनिककार्य मा आफूलाई राखी , लेखकले आफुलाइ बिर्सिएर बालविधवाहरुलाई आफूमा आरोपित गरेर यो कृति रचेका छन्।

तारा जसको विवाह सानो उमेरमा नै भयो, ताराले विवाह काे खेल त खेलेकी थिन् तर विवाह खास मा के हुन्छ भनेर थाह थिएन । तारा काेविवाह घर मा पूजा छ भनेर आफ्नै बा आमाले झुक्याएर गरिदिए। ताराकाे सिउँदोमा सिन्दुर परेको क्षण समेत उनलाई थाहा छैन्। खेलखेल्दा उनका साथी गोविन्दाले माटोको सिन्दुर हाली बेहुला बेहुली भई खेलेको उनलाई याद छ तर यथार्थमा सिन्दुर हालेको भने याद हुन्न।उनलाई आफ्नो विवाह भएकाे पछी थाहा भयो। 

नौ वर्षको उमेरमा ताराको विवाह भयो र त्यसको दुई वर्ष पछी एघार वर्षको उमेरमा उनी बिधवा भइन् एक बालविधवा । उनी विधवाभइसकेपछि उनको जिवनको रातो रङ उड्यो। उनी रातो पहिरन बाट सेतो पहिरनमा परिवर्तन भइन्। ताराकी साथी पवित्रा पनि एक बालविधवा हुन्छिन तर उनले आफ्नो जिवन तारा ले जसरी नभएर अर्कै तरिकाले बाँचिरहेकी हुन्छिन्। समयकाे खेल सङ्गै यमुना ताराकी एकदमनजिककी साथी हुन पुग्छिन्। यमुनाको हरेक दिनको कथा तारा सुन्ने गर्थिन् र कल्पनामा नै भए पनि रमाउने गर्थिन्। उमेर ढल्दै गर्दा ताराआफ्नो माइतीबाट पनि बेसहारा भएर देवघाट काे यात्रा मा लाग्छिन्। देवघाट काे बसाई उनको जिवनको अन्तिम बसाई हुन्छ। समय बित्दैजाँदा उनले यमुना, पवित्रा र अन्तिममा गोविन्द लाई पनि देवघाटमा भेट्न पुग्छिन्। 

साच्चै तारा काे जीवन बाट धेरै कुरा सिक्न सकिन्छ, याे उपन्यास नै खास छ, धेरै कुरा सिकाएको छ। 

यस कृतिमा ताराको जन्म देखि ८७ वर्ष सम्मको जीवनकथा समेटिएको देखिन्छ । 

यो कृति पढ्दा मैले कथा लाई, कथाका पात्र लाई मस्तिष्क मा सजाई छर्लङ्ग गरेर हेरे जस्तो गरेर पढें। पढ्दा आनन्द आयो , आँखा रसाएताराको जिवनमा आफूलाई राखेर हेरे।

जिवन कठिन हुँदो रहेछ, जस्तो कठिन अवस्थामा पनि आफु बाँच्न सक्नु पर्छ भन्ने सिकायो । सेतो धरतीको आलम्बन पढ्दा जसरी लेखकलेकथामा भएकाे कुरा अध्ययन गरि कृति तयार पारे, यसले पनि प्रेरणा प्रदान गर्यो । अहिले भन्दा पनि पहिलाको पुस्तामा आधारित यो कृतिअहिले का पुस्ताले पढ्नु पर्छ भन्ने मलाई लाग्छ। 

मैले त पढीसके अनि हजुर हरु ले ?

Comments (4)

Rawal Yek 2 weeks ago

I already read 3 year ago . मलाई उपन्यासको कथाले भावुक बनाएको पहिलो पुस्तक हो सेतो धरती ।

Reply
Raju Jhallu Prassad 1 week ago

naatak hernu bhayo?

Reply
Kamana Dhakal 5 days ago

Chhaina ni

Reply
Rajkumar Niranjan 6 days ago

मैले यो पुस्तक धेरै पहिले पढेको हुँ । अम्मर न्यौपानेको सेतो धर्ती र करोडौँ कस्तुरी निकै मन पर्ने कृति हुन । ✍️🌸

Reply