Catch feed
Grantha / Person / डा. कुसुमाकर शर्मा गौतम (Dr. Kusumakar Sharma Gautam)
GRANTHA · SHARED KNOWLEDGE, KEPT HONEST beta

डा. कुसुमाकर शर्मा गौतम (Dr. Kusumakar Sharma Gautam)

नेपाली लघुकथा क्षेत्रको उन्नयनमा लागिपरेका स्रष्टाहरूमध्ये डा. कुसुमाकर शर्मा गौतम एक हुन्। पूर्वी रुकुमको रुकुमकोटमा जन्मिए पनि क्यानाडाको एडमन्टन शहरलाई कर्मक्षेत्र बनाएका डा. गौतम पानी प्रशोधन विशेषज्ञ हुन्। विज्ञान र प्रविधि क्षेत्रका विशेषज्ञ हुँदाहुँदै पनि नेपाली साहित्यप्रतिको उनको अनुराग र लगन अनुकरणीय छ। नेपाली लघुकथा क्षेत्रमा साह्रै रुचाइएको लघुकथासङ्ग्रह 'हिउँको राप' उनको पहिलो कृति हो।