Catch feed
Grantha / Person / रविन्द्र भट्टराई (Rabindra Bhattarai)
GRANTHA · SHARED KNOWLEDGE, KEPT HONEST beta

रविन्द्र भट्टराई (Rabindra Bhattarai)

वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्र्याजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्स गरेका छन्। उनले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड र इन्स्टिच्युसनल अवार्ड पनि प्राप्त गरेका छन्। त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गरेका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न छन्। उनी सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्छन्, र हाल एसआरसीएसमा निरन्तर तालिम दिइरहेका छन्। उनका प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण लगायत अन्य पुस्तक पर्छन्। गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउन उनले 'सेयर दोहोरी' नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' पनि ल्याएका छन्।