छिट्टै सुरु हुँदै
WritingNepal लेखन प्रतियोगिता
दशैं तिहार अक्षर प्रतियोगिता — मंसिर
विषय: “दियो”
तिहारमा बालिने दियोदेखि अँध्यारो कोठामा कसैले बालिदिएको आशासम्म — “दियो” लाई जसरी बुझ्नुहुन्छ, त्यसरी लेख्नुहोस्। कविता वा कथा, जुन विधामा पनि।
खुल्छ१ Nov
अन्तिम दिन३० Nov
मूल्याङ्कन
नतिजा१० Dec
१ Nov देखि खुल्छ
० / ५० प्रविष्टि
५० स्थान बाँकी
० लेखक
२२०,००० अक्षर पुरस्कार
🔔 सुरु हुँदा नछुटाउनुहोस्प्रविष्टि खुलेको दिन र अन्तिम दिनभन्दा केही दिनअघि हामी तपाईंलाई इमेल गर्छौं।
पुरस्कार (हरेक विधामा)
🥇 प्रथम५०,००० AK
🥈 द्वितीय३०,००० AK
🥉 तृतीय२०,००० AK
❤️ पाठकको रोजाइ (सबैभन्दा धेरै मन पराइएको)५,००० AK
✨ विशेष उल्लेख — ५ जना१,००० AK प्रत्येक
✍️ नियम मिलेका हरेक प्रविष्टिलाई१०० AK
🎖️ Winners get a badge on profile page
विधा
कविता
बढीमा ४० हरफ
छन्द वा मुक्त — गजल र मुक्तक पनि मान्य
लघुकथा / कथा
३०० देखि १,५०० शब्द
एउटै कथा, पूरा अन्त्यसहित
नियमहरू
- WritingNepal मा खाता भएका जो कोही भाग लिन सक्छन्। भाग लिन कुनै शुल्क लाग्दैन।
- एक जनाले हरेक विधामा एउटा मात्र रचना पठाउन पाउँछ। एकभन्दा बढी खाता बनाएर पठाएमा सबै प्रविष्टि रद्द हुन्छन्।
- WritingNepal टोलीका सदस्यले पुरस्कारका लागि भाग लिन पाउँदैनन्।
- रचना आफ्नै, मौलिक र पहिले कतै (Facebook, पत्रिका, ब्लग, किताब) प्रकाशित नभएको हुनुपर्छ।
- नेपाली भाषामा, यस प्रतियोगिताको विषयसँग जोडिएको हुनुपर्छ।
- AI (ChatGPT आदि) ले लेखेको वा अरूको रचना सारेको पाइएमा प्रविष्टि रद्द हुन्छ, र पाएको अक्षर फिर्ता लिइन्छ।
- घृणा, अश्लीलता वा कसैमाथि व्यक्तिगत आक्रमण भएका रचना सामुदायिक नियमअनुसार हटाइन्छन्।
- यही पृष्ठको “भाग लिनुहोस्” बाट लेख्नुहोस्। रचना तपाईंको प्रोफाइलमा निःशुल्क Catch को रूपमा प्रकाशित हुन्छ — पेड बनाउन मिल्दैन।
- अन्तिम दिन रातको ११:५९ (नेपाल समय) सम्म पठाउन र सच्याउन सकिन्छ। त्यसपछि रचना बन्द (लक) हुन्छ।
- WritingNepal ले लेखकको नाम नहेरी मूल्याङ्कन गर्छ: विषयसँगको सम्बन्ध, भाषा र शिल्प, मौलिकता, र पाठकमा पर्ने प्रभाव।
- “पाठकको रोजाइ” पाठकका लाइकबाट छानिन्छ। प्रतियोगिता सुरु हुनुअघि बनेका खाताको लाइक मात्र गनिन्छ।
- नतिजा घोषणा भएको ७ दिनभित्र पुरस्कारको अक्षर विजेताको खातामा आउँछ। यो इनाम अक्षर हो — Catch अनलक गर्न मिल्छ, नगद झिक्न मिल्दैन।
- WritingNepal को निर्णय अन्तिम हुन्छ। १० भन्दा कम प्रविष्टि आएमा प्रतियोगिता लम्ब्याउन वा पुरस्कार घटाउन सकिन्छ।
- रचनाको प्रतिलिपि अधिकार (copyright) सधैं लेखककै रहन्छ। WritingNepal ले नामसहित यो रचना साइट, सामाजिक सञ्जाल र भविष्यको संग्रहमा देखाउन सक्छ — छाप्नुअघि लेखकलाई सोधिन्छ।
मूल्याङ्कन: WritingNepal अक्षर सर्तहरू · सामुदायिक नियम
प्रविष्टि १ Nov देखि खुल्छ। “सम्झाउनुहोस्” थिच्नुहोस्, सुरु हुँदा हामी इमेल गर्छौं।
🔔 खुलेपछि मलाई सम्झाउनुहोस् २ जनाले सम्झाउन भन्नुभएको छकुनै प्रविष्टि छैन।
नतिजा १० Dec मा घोषणा हुन्छ।