Catch feed
WritingNepal Interviews · पाँच प्रश्न← All interviews

पाँच प्रश्न · Issue 3

बालकृष्ण गजुरेल

28 November 2026 · 2 min read

1तपाईंको भर्खरै निस्केको किताब "मञ्जरा" को नामले नै फूलको झुप्पा र कोमलताको सम्झना गराउँछ। यो किताबमा के छ, कुन विधाको हो, र यसको नाम "मञ्जरा" किन राख्नुभयो? कभरको पुतलीको पनि कुनै अर्थ छ कि?

यो बिधा उपन्यास बिधा हो । यो कितावमा शक्तिशाली नारी पात्रमा रहेको पूर्ण प्रेमकथा छ । नेपाली समाजको उज्यालो पक्षमा रहेको मानक, ईतिहास, आत्मियता, आत्म गौरव छ । अँध्यारो पक्षमा मात्र जातियाता, बलि प्रथा, थिचोमिचो, बिधुवा प्रथा, दाइजो, विभेद, झगडा, जलन, द्वेष, अनमेल, धनी-गरिब रहन्छ । उज्यालो पक्षमा सम्भावना रहन्छ । मञ्जराको अर्थ हजुरले भने झै फुलको गुच्छा, अंकुरण र जीवनचक्र हुन आउँछ । पुतली र भमराले सम्भावना या रस मात्र खोजे झैँ हामीले पनि सम्भावनाको यात्रा गर्न सक्छौँ । जहाँ झै-झगडा, मन - मुटाव र द्वन्द समाप्त हुन्छ ।

2तपाईं कथा, कविता, उपन्यास, गजल र गीत, यति धेरै विधामा कलम चलाउनुहुन्छ। कुनै विचार आउँदा त्यो कविता बन्छ कि कथा, गीत कि गजल, यो कसरी थाहा पाउनुहुन्छ? आफूलाई सबैभन्दा नजिकको विधा कुन लाग्छ?

छोटो तुक्का आए कविता । लयात्मक आए गीत या गजल । लामो संवेग आए कथा । कथा - कथा सिक्वेन्समा जोड्दा उपन्यास बन्ने नै भयो ।

3अनलाइनखबरमा छापिएको तपाईंको लघुकथा "गणतन्त्र" मा एक बिरामी वक्ताको शरीरलाई देशको अवस्थासँग दाँज्नुभएको छ। छोटो रचनामा यति ठूलो व्यङ्ग्य राख्ने कला कहाँबाट आयो? समाज र राजनीतिबारे लेख्दा लेखकको जिम्मेवारी के हुन्छ जस्तो लाग्छ?

यो कला लघुकथाको १५ बर्षे लामो साधनाबाट आयो । लघुकथाको अर्थ लघुरुपमा कथालाई प्रस्तुत गर्नु हो ।

4तपाईंले प्रविधि क्षेत्रमा काम गर्नुभयो र बेङ्गलोरमा पढ्नुभयो। इन्जिनियरिङ वा प्रविधिको संसार र साहित्यको संसार, यी दुईबीच तपाईं कसरी सन्तुलन मिलाउनुहुन्छ? प्रविधिको कामले तपाईंको लेखनलाई कतै आकार दिएको छ कि?

प्रविध मैत्री भन्नाले यान्त्रिक र मेसिनजन्य बुझिन्छ । जसमा प्रणाली हुन्छ । मानव शरीरमा पनि प्रणाली छ । धर्तीमा पनि प्रणाली छ । साहित्यले मान्छेलाई सभ्य, सालिन, भद्र र अरुको हीत र उपकार गर्न लगाउँछ । म पनि साँढे छ अरव अरु मान्छे जस्तै सामान्य प्रकृतिको मान्छे हुँ । झुकावले साहित्यमा लागेँ।

5पुस्ताका पाठकसम्म पुग्न लेखकले के गर्नुपर्छ जस्तो लाग्छ? मञ्जरा पढ्न चाहनेहरूलाई के भन्न चाहनुहुन्छ?

यस समयमा कथा र उपन्यासमा मनोरञ्जन दिने हेतुले अँध्यारोपक्षका कथाहरुको बाढी नै छ ।

कथा स्वत: कुनै परम्परा, मूल्य मान्यता, परिवेश र दर्शनको अँध्यारो पक्षमा हुन्छ । अँध्यारो पक्ष भन्नाले झैझगडा, अनमेल, जातियता, द्वन्द, बलिप्रथा, सति प्रथा, दाइजो प्रथा, थिचोमिचो, हेपाइँ, क्लेष, तुष, आरोप, प्रत्यारोप लगायत आदि । यति भए त राम्रा कथा बन्छन् ।

के तपाईं हाम्रो अस्तित्व, ईतिहास, मानक र आत्मियता अँध्यारो छ ? यूवा र जीवन भनेको सम्भावना हो । आत्मियता र सम्भावना खोज्न अब यूवा पुस्ताले मञ्जरा पढ्नुपर्छ ।

The writer's bookमञ्जरा ( Manjara)Rs 750
Buy →
Share:

Comments · 0

No comments yet — be the first to say something.

Next interview: स्मारिका →