सरल नेपालीमा पूरा जानकारी
WritingNepal के हो?
धेरैले हामीलाई सोध्नुहुन्छ: “यो साइट के हो? यहाँ के गर्न मिल्छ? मलाई के फाइदा हुन्छ?” यो पेजमा ती सबै प्रश्नको उत्तर छ। बिस्तारै पढ्नुहोस्, जुन भाग चाहियो त्यहीँ थिचेर जानुहोस्।
- १WritingNepal नेपाली किताब र नेपाली लेखनको अनलाइन घर हो।
- २यहाँ किताब खोज्न, पढ्न, आफ्नै लेखन राख्न र लेखेर कमाउन सकिन्छ।
- ३खाता खोल्न, पढ्न र लेख्न निःशुल्क छ।
WritingNepal के हो?
WritingNepal एउटा वेबसाइट हो, जहाँ नेपाली किताब र नेपाली लेखन एकै ठाउँमा भेटिन्छ। यसलाई तीन भागमा बुझ्न सकिन्छ।
पहिलो, किताबको सूची। नेपालमा छापिएका किताबहरूको ठूलो सूची यहाँ छ। कुनै किताबको नाम, लेखक वा प्रकाशक खोज्दा त्यसबारे जानकारी, अरू पाठकको राय र रेटिङ देख्न सकिन्छ।
दोस्रो, लेख्ने र पढ्ने ठाउँ। यहाँ जो कोहीले आफ्नो कविता, कथा, निबन्ध वा मनको कुरा लेखेर राख्न सक्छ। अरूले त्यो पढ्छन्, मन पराउँछन्, राय दिन्छन्।
तेस्रो, किताबप्रेमीको समुदाय। यहाँ पाठक, लेखक, प्रकाशक, सम्पादक सबै भेटिन्छन्। सँगै किताब पढ्ने, प्रतियोगितामा भाग लिने र एकअर्कालाई चिन्ने ठाउँ हो यो।
सजिलो भाषामा भन्दा, संसारका पाठकका लागि जस्तो Goodreads छ, लेखकका लागि जस्तो Medium वा Substack छ, नेपालीका लागि त्यस्तै तर नेपाली स्वादमा बनेको घर हो WritingNepal।
हामी को हौं?
हामी किताब पढ्न मन पराउने मान्छे हौं। सन् २०१० मा भक्तपुरबाट दुई दाजुभाइले यो सुरु गरेका थियौं। त्यतिबेला यसको नाम OnlineKksha थियो, र डोमेन किन्ने पैसा पनि थिएन।
बिस्तारै यो साइटमा हजारौं किताब र हजारौं पाठक-लेखक जोडिए। बीचमा केही वर्ष साइट बन्द भयो। अहिले हामी नयाँ रूपमा, धेरै नयाँ सुविधासहित फेरि फर्किएका छौं।
हाम्रो कथा विस्तारमा पढ्न हाम्रो बारेमा पेज हेर्नुहोस्।
हाम्रो सोच के हो?
हामी तीनवटा कुरा मान्छौं।
नेपाली साहित्यलाई इन्टरनेटमा आफ्नै घर चाहिन्छ। नेपाली किताब र लेखक अरू देशका साइटमा हराउनु हुँदैन।
मान्छेले लेखेको लेखन। WritingNepal मा मान्छेले आफैं लेखेको कुरा मात्र राखिन्छ। AI (कम्प्युटर) ले लेखिदिएको लेखन यहाँ राख्नु हुँदैन। यसैले यहाँ पढ्ने कुरा साँचो हुन्छ।
लेखकले आफ्नो मेहनतको फल पाउनुपर्छ। लेखकले लेखेर कमाउन सकोस् भनेर पैसा तिरेर पढ्ने Catch, e-book र प्रतियोगिता जस्ता सुविधा बनाएका छौं।
खाता कसरी खोल्ने?
खाता खोल्न निःशुल्क छ र दुई मिनेट जति लाग्छ। “खाता खोल्नुहोस्” थिच्नुहोस्, आफ्नो नाम र इमेल लेख्नुहोस्। इमेलमा एउटा कोड आउँछ, त्यो कोड हालेपछि खाता खुल्छ। पासवर्ड सम्झन गाह्रो लाग्छ भने इमेलमा आउने लिंकबाट पनि भित्र पस्न सकिन्छ।
खाता खोलेपछि तपाईं को हो भनेर छान्नुहुन्छ:
पाठक (Catcher)
पढ्न, किताब खोज्न, लेखकलाई फलो गर्न र राय दिन मन पराउने।
लेखक (Writer)
कविता, कथा, निबन्ध, किताब लेख्ने। लेखेर कमाउन पनि सकिन्छ।
प्रकाशक (Publisher)
किताब छाप्ने र बेच्ने संस्था। आफ्नो पेज र पसल राख्न सकिन्छ।
त्यसपछि आफ्नो फोटो र अलिकति परिचय राख्नुहोस्। फोटो भएको प्रोफाइल अरूले छिटो चिन्छन् र विश्वास गर्छन्।
कहाँ: खाता खोल्नुहोस्
Catch भनेको के हो?
WritingNepal मा तपाईंले लेख्ने हरेक कुरालाई Catch भनिन्छ। अरू साइटमा “पोस्ट” भनिन्छ, यहाँ Catch।
Catch दुई किसिमको हुन्छ। छोटो Catch दुई-चार लाइनको सोच, एउटा कविता वा मनमा आएको कुरा हो। पूरा Catch शीर्षकसहितको लामो लेख, कथा वा निबन्ध हो।
सबैले लेखेका Catch एकै ठाउँमा देखिन्छन्, जसलाई Catch फिड भनिन्छ। फिडमा तल झर्दै जानुहोस्, नयाँ-नयाँ लेखन आइरहन्छ। बीच-बीचमा प्रतियोगिता, किताब, कार्यक्रमका कार्ड पनि देखिन्छन्।
कहाँ: Catch फिड
पढ्दा के-के गर्न मिल्छ?
मन पराउने र राय दिने
मन परेको Catch मा मन पराएको चिन्ह थिच्नुहोस्, तल आफ्नो राय लेख्नुहोस्। लेखकलाई थाहा हुन्छ र उसलाई लेख्ने हौसला मिल्छ।
बचाएर राख्ने (Save)
पछि पढ्न मन लागेको Catch बचाउने चिन्ह थिचेर राख्नुहोस्। बचाएका सबै Catch तपाईंको प्रोफाइलमा भेटिन्छन्।
फलो र सब्स्क्राइब
मन परेको लेखकलाई फलो गर्दा उसका Catch तपाईंको फिडमा देखिन्छन्। धेरै मन परेको लेखकलाई सब्स्क्राइब गर्दा उसले नयाँ Catch लेख्नेबित्तिकै तपाईंलाई सूचना आउँछ। सब्स्क्राइब निःशुल्क छ, तर एक जनाले सीमित लेखकलाई मात्र गर्न मिल्छ, त्यसैले साँच्चै मन परेका लेखक छान्नुहोस्।
छेउको टिपोट
पूरा Catch पढ्दा कुनै वाक्य मन पर्यो भने त्यही वाक्यको छेउमा सानो टिपोट लेख्न सकिन्छ, जस्तो किताबको किनारमा कलमले लेखेजस्तै। वाक्यमा एकपटक थिचेर त्यसलाई रङ लगाउन (हाइलाइट) पनि सकिन्छ। अरू पाठकले के टिपोट लेखे, त्यो पनि देखिन्छ।
शेयर गर्ने
मन परेको Catch को छोटो लिंक कपी गरेर फेसबुक, म्यासेन्जर वा जहाँ पनि पठाउन सकिन्छ। Catch कार्ड बटनले Catch लाई राम्रो तस्बिर बनाइदिन्छ, जुन फेसबुक वा इन्स्टाग्राममा राख्न सकिन्छ।
ग्लिम्प्स (Glimpse)
फिडको माथि गोलो फोटोहरूको लाइन देखिन्छ। ती छोटा भिडियो हुन्, जसलाई ग्लिम्प्स भनिन्छ। लेखकले किताब, लेखन वा कार्यक्रमबारे छोटो भिडियोमा कुरा गर्छन्।
सन्देश (Messages)
अरू सदस्यसँग निजी कुरा गर्न सन्देश पठाउन सकिन्छ। तपाईंका सन्देश तालाबन्द (encrypted) हुन्छन्, अर्थात् तपाईं र पाउने मान्छेबाहेक अरू कसैले पढ्न सक्दैन।
लेख्दा के-के गर्न मिल्छ?
Catch लेख्ने
“Catch लेख्नुहोस्” थिच्नुहोस्, शीर्षक र लेखन राख्नुहोस्, र प्रकाशित गर्नुहोस्। चाहे भने फोटो राख्न, विषय (कविता, कथा, निबन्ध…) छान्न र कुन दिन कति बजे प्रकाशित हुने भनेर समय तोक्न सकिन्छ।
कहाँ: Catch लेख्नुहोस्
नेपाली हिज्जे जाँच
लेख्दा गलत हिज्जे भएका शब्दमुनि रातो धर्का देखिन्छ, र सही शब्द सुझाउँछ। यसले लेखन सफा बनाउन मद्दत गर्छ।
Catch Cloud
पूरा नभएका लेखन (ड्राफ्ट), प्रकाशित Catch र तिनको हिसाब एकै ठाउँमा राख्ने तपाईंको आफ्नै कोठा हो Catch Cloud। कुन Catch कति जनाले पढे, कतिले बचाए, कति फलोअर बढे, यहाँ हेर्न सकिन्छ।
समय क्याप्सुल
अहिले लेखेर पछि कुनै दिन मात्र खुल्ने गरी Catch राख्न सकिन्छ। जस्तो, “एक वर्षपछि खोल्नुहोस्”। तोकिएको दिनसम्म कसैले भित्रको लेखन पढ्न सक्दैन।
पैसा तिरेर पढ्ने Catch
आफ्नो राम्रो लेखनमा मूल्य राख्न सकिन्छ। पाठकले अक्षर तिरेर त्यो Catch खोल्छन्। तपाईंको लेखन कपी हुनबाट जोगाउन पनि साइटले मद्दत गर्छ।
e-book
धेरै Catch जोडेर पूरा किताब बनाउन सकिन्छ। पाठकले त्यो किताब Kindle जस्तो सफा पानामा पढ्छन्। हरेक अध्यायको वा पूरा किताबको मूल्य राख्न मिल्छ।
किताबका लागि के-के छ?
किताब खोज्ने
किताबको नाम, लेखक वा प्रकाशक लेखेर खोज्नुहोस्। हरेक किताबको आफ्नै पेज हुन्छ, जहाँ कभर, जानकारी, अरू पाठकको रेटिङ र समीक्षा हुन्छ। सूचीमा नभएको किताब तपाईं आफैं थप्न पनि सक्नुहुन्छ।
कहाँ: किताब खोज्नुहोस्
अहिले पढ्दै
तपाईं अहिले कुन किताब पढ्दै हुनुहुन्छ, सबैलाई देखाउन सकिन्छ। त्यही किताब अरू कसले पढ्दै छन्, थाहा हुन्छ र कुरा गर्न सजिलो हुन्छ।
किताब दराज
तपाईंको प्रोफाइलमा आफ्नै किताब दराज हुन्छ: पढिसकेका किताब, अहिले पढ्दै गरेका, र पछि पढ्ने सूची।
किताबका खबर
हरेक किताबको पेजमा “खबर” भाग हुन्छ। त्यहाँ त्यो किताबबारे पत्रिकामा छापिएका समीक्षा, अन्तर्वार्ता, पुरस्कार र विमोचनका खबर राखिन्छन्।
मेरो पुस्तकालय
तपाईंले किनेका e-book हरू तपाईंको आफ्नै पुस्तकालयमा बस्छन्। जहाँ छोड्नुभएको थियो त्यहीँबाट पढ्न सुरु हुन्छ, अक्षर ठूलो-सानो गर्न र आफ्नो टिपोट राख्न मिल्छ।
ग्रन्थ
ग्रन्थ नेपाली साहित्यको सानो ज्ञानकोश हो, जहाँ लेखक, किताब, ठाउँ, शब्द र संस्थाबारे भरपर्दो जानकारी हुन्छ। यसलाई छानिएका सम्पादकले मात्र लेख्छन्, त्यसैले जानकारी विश्वासिलो हुन्छ।
कहाँ: ग्रन्थ
सँगै पढ्ने कार्यक्रम
किताब एक्लै पनि पढिन्छ, तर सँगै पढ्दा झन् रमाइलो हुन्छ। यसका लागि यी कार्यक्रम छन्।
एउटै किताब, हजार पाठक
हरेक महिना एउटा किताब छानिन्छ। सबैले त्यही किताब भाग-भाग गरेर पढ्छन् र हरेक भागबारे कुरा गर्छन्। एउटा बुक क्लब जस्तै, तर अनलाइन र जति जना पनि आउन सक्ने।
कहाँ: एउटै किताब, हजार पाठक
मौन पढाइ घण्टा
तोकिएको समयमा धेरै जना एकैपटक आ-आफ्नो किताब चुपचाप पढ्छन्। फोनका अरू कुराबाट टाढा भएर एक घण्टा किताबमै बस्ने बानी बसाल्न यो बनाइएको हो। अन्तिमतिर छोटो कुराकानी पनि गर्न मिल्छ।
कहाँ: मौन पढाइ घण्टा
किताब भिडन्त
दुई किताब आमनेसामने राखिन्छन्। तपाईंलाई कुन मन पर्छ, भोट दिनुहोस् र किन मन पर्यो भनेर लेख्नुहोस्।
कहाँ: किताब भिडन्त
पढाइ नक्सा
नेपालको कुन जिल्लामा मान्छेले के पढ्दै छन्, नक्सामा हेर्न सकिन्छ। तपाईंको ठाउँ कसैलाई देखिँदैन, जिल्लाको जम्मा संख्या मात्र देखिन्छ।
कहाँ: पढाइ नक्सा
लेखकलाई के फाइदा हुन्छ?
तपाईंको लेखन पाठकसम्म पुग्छ। किताब छाप्न प्रकाशकको “हुन्छ” कुर्नु पर्दैन। आज लेख्नुहोस्, आजै हजारौं पाठकले पढ्न सक्छन्।
आफ्नै पाठक बन्छन्। फलो र सब्स्क्राइब गर्ने पाठकले तपाईंको हरेक नयाँ लेखन पढ्छन्। प्रोफाइलमा तपाईंका सब्स्क्राइबर गनिन्छन्, र धेरै भएपछि कांस्य, रजत, स्वर्ण तह पाइन्छ।
लेखेर कमाउन सकिन्छ। पैसा तिरेर पढ्ने Catch र e-book बेच्दा पाठकले किनेको अक्षरको ९०% तपाईंको हुन्छ।
अक्षर प्रतियोगिता
हरेक महिना कविता, कथा जस्ता विषयमा लेखन प्रतियोगिता हुन्छ। जित्नेले अक्षर इनाम पाउँछन् र नाम सबैले देख्छन्।
कहाँ: अक्षर प्रतियोगिता
लेखन चुनौती
तोकिएको विषयमा लेख्नुहोस्। लेखन स्वीकृत भएपछि अक्षर इनाम पाइन्छ। हरेक महिना नयाँ चुनौती आउँछन्।
पाण्डुलिपि पठाउने
तपाईंसँग किताब बन्ने पाण्डुलिपि छ भने WritingNepal मा पठाउन सकिन्छ। हामी पढ्छौं र तीन महिनाभित्र जवाफ दिन्छौं।
कहाँ: पाण्डुलिपि पठाउनुहोस्
समीक्षा माग्ने
आफ्नो किताब पढेर समीक्षा लेखिदिने समीक्षक खोज्न सकिन्छ। समीक्षा पूरा भएपछि त्यो किताबको “खबर” भागमा देखिन्छ।
शेयर किट
आफ्नो प्रोफाइल र लेखन फेसबुकमा प्रचार गर्न तयार तस्बिर र छोटो लिंक पाइन्छ।
प्रमाणित (Verified) चिन्ह
नामको छेउमा प्रमाणित चिन्ह भए पाठकले तपाईं साँच्चै तपाईं नै हो भनेर विश्वास गर्छन्। प्रोफाइल फोटो, केही दिन पुरानो खाता र केही Catch भएपछि परिचयपत्र पठाएर यो माग्न सकिन्छ। तपाईंको परिचयपत्र तालाबन्द गरेर राखिन्छ र जाँचेपछि मेटाइन्छ।
प्रकाशकलाई के फाइदा हुन्छ?
आफ्नै प्रकाशक पेज। तपाईंको प्रकाशनको परिचय, किताबहरू र लेखकहरू एउटै सुन्दर पेजमा देखिन्छन्।
आफ्नै पसल। पाठकले सिधै तपाईंसँग किताब किन्न सक्छन्। अर्डर र बिक्रीको हिसाब प्रकाशक ड्यासबोर्डमा हेर्न सकिन्छ।
नयाँ लेखक भेटिन्छन्। लेखकले तपाईंको पेजबाटै पाण्डुलिपि पठाउन सक्छन्।
किताबको प्रचार। किताबको पेजमा खबर, समीक्षा र विमोचनको जानकारी राख्न सकिन्छ।
कहाँ: प्रकाशक सूची
सम्पादक, समीक्षक, अनुवादक वा डिजाइनरलाई के छ?
हायर पेज
तपाईं किताबको सम्पादन, कभर डिजाइन, अनुवाद वा टाइपिङ जस्तो काम गर्नुहुन्छ भने आफ्नो काम देखाउने पेज बनाउन सकिन्छ। काम खोज्ने लेखक र प्रकाशकले तपाईंलाई भेटेर सिधै सम्पर्क गर्छन्। यो निःशुल्क छ, WritingNepal ले कुनै कमिसन लिँदैन।
कहाँ: हायर पेज
समीक्षक सूची
किताब पढेर समीक्षा लेख्न मन पराउनुहुन्छ भने समीक्षक सूचीमा नाम राख्नुहोस्। लेखकले समीक्षा माग्छन्, र तपाईंले तोकेको अक्षर पाउनुहुन्छ।
कहाँ: समीक्षक सूची
कार्यक्रम र भेटघाट
कार्यक्रम
किताब विमोचन, साहित्यिक गोष्ठी, कवि गोष्ठी जस्ता कार्यक्रमको सूचना यहाँ हुन्छ। “जान्छु” थिच्नुभयो भने कार्यक्रमअघि सम्झाइन्छ। आफ्नो कार्यक्रम पनि राख्न सकिन्छ।
कहाँ: कार्यक्रम
लाइभ भेटघाट
लेखकसँग अनलाइन (Zoom, Meet जस्तामा) भेटेर कुरा गर्न सकिन्छ। पहिले नै प्रश्न पठाउन पनि मिल्छ।
कहाँ: लाइभ भेटघाट
अक्षर र पैसा
अक्षर भनेको के हो?
अक्षर (AK) WritingNepal को आफ्नै अंक हो। १०० अक्षर बराबर १ रुपैयाँ। यसलाई साइटभित्र चल्ने सानो पैसा जस्तो बुझ्नुहोस्।
अक्षर कसरी पाइन्छ?
पढेर, लेखेर, साथीलाई निम्तो दिएर, प्रतियोगिता जितेर र WritingNepal का अफर पूरा गरेर अक्षर पाइन्छ।
अक्षर के मा खर्च हुन्छ?
पैसा तिरेर पढ्ने Catch र e-book खोल्न, र समीक्षा माग्न।
अक्षर कार्ड
तपाईंसँग कति अक्षर छ, कहाँबाट आयो, कहाँ खर्च भयो, सबै हिसाब अक्षर कार्डमा देखिन्छ। यो तपाईंको आफ्नै सानो वालेट हो।
कहाँ: अक्षर कार्ड
याद राख्नुहोस्: इनाममा पाएको अक्षर साइटभित्र प्रयोग गर्न हो। लेखकले ९०% कमाइ पाठकले किनेको अक्षरबाट पाउँछन्।
सुरक्षा र गोपनीयता
तपाईंको खाता सुरक्षित। दुई-चरण सुरक्षा (2FA) खोल्न सकिन्छ। यसपछि पासवर्डसँगै फोनको एपमा आउने कोड पनि चाहिन्छ, त्यसैले पासवर्ड चोरी भए पनि अरू भित्र पस्न सक्दैन।
तपाईंका सन्देश निजी। सन्देश तालाबन्द हुन्छन्। WritingNepal ले पनि पढ्न सक्दैन।
के देखाउने, तपाईंको हातमा। सेटिङमा गएर फलोअर संख्या, पढ्दै गरेको किताब, मन पराएका Catch अरूलाई देखाउने कि नदेखाउने छान्न सकिन्छ।
राम्रो समुदाय। गाली, अरूको लेखन चोरी र AI ले लेखेको लेखन यहाँ मनाही छ। नराम्रो कुरा देखे रिपोर्ट गर्नुहोस्। नियम समुदायका नियम पेजमा छन्।
फोनमा कसरी चलाउने?
WritingNepal फोनमा पनि राम्रोसँग चल्छ। प्ले स्टोर वा एप स्टोरबाट केही डाउनलोड गर्नु पर्दैन।
फोनको ब्राउजरमा writingnepal.com खोल्नुहोस्, मेनुमा “एप डाउनलोड” थिच्नुहोस्। फोनको स्क्रिनमा WritingNepal को आइकन बस्छ, र अरू एप जस्तै खुल्छ। नयाँ सन्देश वा सूचना आउँदा फोनमै थाहा हुन्छ।
धेरैले सोध्ने प्रश्न
WritingNepal चलाउन पैसा लाग्छ?
लाग्दैन। खाता खोल्न, पढ्न, लेख्न, किताब खोज्न निःशुल्क छ। लेखकले मूल्य राखेको Catch वा e-book खोल्दा मात्र अक्षर लाग्छ।
म ठूलो लेखक होइन, मैले लेख्न मिल्छ?
मिल्छ। यहाँ सबैले लेख्न सक्छन्। पहिलो दिनदेखि नै लेख्नुहोस्, पाठक आफैं आउँछन्।
मेरो लेखन अरूले चोर्छन् कि?
तपाईंको लेखन तपाईंकै हो। पैसा तिरेर पढ्ने Catch लाई कपी गर्नबाट जोगाउने व्यवस्था छ। कसैले चोरेको देख्नुभयो भने हामीलाई भन्नुहोस्।
अंग्रेजीमा लेख्न मिल्छ?
मिल्छ। तर WritingNepal नेपाली लेखनका लागि बनेको हो, त्यसैले नेपालीमा लेख्नेलाई बढी पाठक भेटिन्छन्।
मेरो किताब साइटमा छैन, के गर्ने?
किताब थप्न सकिन्छ। किताबको नाम, लेखक, प्रकाशक र कभर राखेर पठाउनुहोस्।
Catch किन भनिएको?
मनमा आएको कुरा भाग्नुअघि समात्नुहोस् (catch गर्नुहोस्) भनेर।
सहयोग चाहियो भने
केही बुझिएन, केही चलेन, वा केही सोध्नु छ भने “सहयोग / सम्पर्क” पेजबाट हामीलाई सोध्नुहोस्। तपाईंको प्रश्न निजी रहन्छ, र जवाफ आएपछि तपाईंलाई सूचना आउँछ।
कहाँ: सहयोग / सम्पर्क
साइट कसरी चल्छ भन्ने अझ विस्तारमा WritingNepal कसरी चल्छ र प्रश्नोत्तर पेजमा पढ्न सकिन्छ।
सुरु गरौं?
खाता खोल्नुहोस्, फोटो राख्नुहोस्, र पहिलो Catch लेख्नुहोस्। अरू कुरा बिस्तारै आफैं थाहा हुँदै जान्छ।
