Catch feed

Catch → आखिर विद्युतीय पुस्तक देखि किन अन्जान छन,नेपाली ?

✓ Unlocked — enjoy the rest of the Catch
Notes & Journals

आखिर विद्युतीय पुस्तक देखि किन अन्जान छन,नेपाली ?

✍️ एक रावल

Screenshoot Yek Rawal

विद्युतीय पुस्तक अङ्ग्रेजी भाषामा प्रचलित शब्द र्इबुक ( E-book ) अर्थात् इलेक्ट्रोनिक बुक ( Electronic Book ) परम्परागत कागजी किताबको डिजिटल अथवा इलेक्ट्रोनिक रुप हो । र्इबुक शब्द सुन्दा थाहा भएको जस्तो त गर्छन् तर निश्चित भन्न सक्दैनन् कि वास्तवमा र्इबुक के हो र यसले कसरी काम गर्छ ? अहिले हरेक निजी तथा सरकारी कार्यालयमा यहि प्रणाली लागु भएको सन्दर्भमा पनि विद्युतीय पुस्तकको बारेमा थाहा नपाउनु लज्जापद कुरो हो । अहिले नेपालका केहि पुस्तकालयले यो प्रणाली लागु गरिसकेको छ र बाँकी जिल्लामा रहेका पुस्तकालायले पनि यो प्रणाली लागु गर्ने तयारीमा छन् । जुन अहिलेको अनलाइ प्रविधि र नव पुस्ता लक्षित रहेको छ । अर्को कुरो विद्युतीय पुस्तकको काम नै प्राय अनलाइन हुने हुदाँ नेट विस्तारित अवस्थामा विद्युतीय पुस्तक अझ लाभदायी हुन्छ

विद्युतीय पुस्तकलार्इ मोबाइल, ट्याब्लेट, ल्याप्टप, कम्युटर जस्ता विद्युतीय उपकरण द्धारा सजिलै सँग पढ्न सकिन्छ । हामीलार्इ अमेजन सपिङबाट र्इबुक खरिद गरी किन्डल बाट पढ्छन् भन्ने थाहा होला । साथै गुगल प्ले बुकको सन्दर्भमा पनि थाहा होला । प्रयोग नै नगरे पनि त्यहाँ बाट अनलाइन र्इबुक खरिद गरी पढ्ने प्ल्यार्टफर्म हुन भन्ने सम्म पनि थाहा छ । सबैलार्इ थाहा नहोला तर केहिलार्इ भए पनि थाहा भने छ तर दु:खको कुरो के छ भने हामीलार्इ आफ्नै देशमा रहेका र्इबुक वितरण गर्ने प्ल्याटर्फमकै बारेमा थाहा छैन ।

नेपालको सन्दर्भमा,

थुप्रै डट कम ( Thuprai.com) , जहाँ हामीले आफ्नै मोबाइल, ट्याब्लेटमा र्इबुक का साथै अडीयो बुक पनि पढ्न र सुन्न सक्छौ । हाल एम्बिसन गुरु ( Ambition Guru ) ले पनि यो सुविधा उपलब्ध गराएको छ । साथै साहित्य पोष्ट (Sahitya post) मा पनि यो सुविधा देख्न सक्छौ । WritingNepal.com मा पनि र्इबुकको सुविधा रहेको छ । जसले नेपाली साहित्यका पुस्तकहरु विद्युतीय पुस्तक अर्थात र्इबुकको रुपमा नेपाल र नेपाल बाहिर विश्वका नेपाली साहित्य प्रेमी पाठकहरुलार्इ सजिलै सँग उपलब्ध गराउँदै आइरहेका छन् । जसमा हामीले अकाउन्ट बनाएर सजिलै सँग त्यो सुविधाको लाभ लिन सक्छौ ।

विद्युतिय पुस्तकका विशेषताहरु

क) सजिलै आफूसँग जहाँ पनि लैजान सकिने ।

ख) जुन सुकै ठाँउमा भए पनि तुरुन्तै उपलब्ध हुने ।

ग) आफुले चाहेअनुसार फन्ट र साइज मिलाएर पढ्न सकिने ।

घ) पुस्तक भित्रका कुनै अध्यायहरु तुरुन्तै खोज्न सकिने ।

ङ) पुस्तकभित्रका मन छुने वाक्य तथा अनुच्छेदहरु अन्डरलाइन गर्न सकिने ।

च) लामो समय सम्म सुरक्षित भण्डारण गर्न सकिने ।

कहिले काही प्राविधिक कारणले समस्या आएतापनि विद्युतीय पुस्तक धेरै अवस्थामा लाभदायी रहेको छ ।

विद्युतीय पुस्तक अन्तर्गत PDF, EPUB, MOBI, AZW, TXT, FB2, DJVU, IBA (Source internet ) आदि फम्यार्टमा उपलब्ध भएता पनि प्राय जसो PDF, EPUB को प्रचलन बढि रहेको छ ।

Note: (Source internet )

E-Book = Electronic Book, PDF = Portable Document Format , EPUB = Electronic Publication , MOBI = Mobi pocket , AZW = Amazon Kindle eBook Format , TXT = Text File , FB2 = FictionBook2, DJVU = Déjà vu, IBA = IBooks Author Format

 

Comments (0)

No comments yet — be the first to say something.