मुक्तक
के गर्ने? यो पापी शहरमा
बित्यो जवानी मेरो रहरमा
के गर्ने? यो भोक र तिर्खाको प्रहरमा
सकिए म त पिरतिको लहरमा
के गर्ने? यो खडेरी लागेको देशमा
छोड्नै पर्ने भयो मैले जन्मभूमि कहरमा
के गर्ने? यो नाटके समाजमा
मर्नै पर्ने भयो मैले सबैलाइ सुख दिने पहरमा
✍️ शब्दयात्री विद्या ✨
#गजलप्रेमि


Comments (0)
No comments yet — be the first to say something.