गजल: “मेरो याद आउँदैन र?”
तिमी खुसी छौ रे, मेरो संसार लुटाएर,
म भने हाँस्न सिक्दैछु, आफ्नै आँसु लुकाएर।
तिमीले त बिर्सियौ होला, बिताएका ती पलहरू,
म अझै बाँचिरहेछु, तिम्रै याद सजाएर।
कहिल्यै फर्केर आयौ भने, एउटा कुरा सोध्नेछु,
के पायौ तिमीले आखिर, मेरो मुटु दुखाएर?


Comments (3)
Sarai maan chhune Bhawma lekhnu vo hajurlem
मन भिकाे भावना मन छाेयाे
सुन्दर