सबैलाई-
नसिब
हुदैन अन्तिम समयमा
आफू सुतिरहने खाट।
हुदैन,
भाग्यमा आफू हुर्किएको आगनमा
अन्तिम सास।
-आफैले गोडमेल गरेर हुर्काएको
तुलसी को जल।
-आफ्नै जमिनमा हुर्किएको
बाँसको शैय्या मा अन्तिम यात्रा।
– आफ्नै हातले जम्मा गरेका दाउरा
को आगो ।
सायद हुदैन।
– आफ्नै छिमेकी र साथिभाइ को काधमा,
घाट सम्म को यात्रा।
– छैन नियतिमा ,
जवानी को साक्षी-
नदिको अन्तिम स्पर्श।
मान्छेलाई थाहा छ।
एकदिन जानू छ,
कहिल्यै नफर्कने गरि।
थाहा हुदा हुँदै पनि
मनको झोलामा सपना को पोको बोकेर ।
आखामा आशाको दियो बालेर ,
घर बाहिर निस्कन्छ मान्छे।
यता
घरमै छाडिएका एकथान सपनाहरु
बसिरहन्छन्।
उसको प्रतिक्षामा।
तर,
हरेक दिन
घरबाट निस्कने हरु
घर नफर्किन पनि सक्छन्।


Comments (0)
No comments yet — be the first to say something.