गहिरो निद्रा पछि ब्यूँझिए । सिधै सिरानी छेउमा राखेको मोबाइल खोज्न थाले । भेटिन। टेबुल तिर हेर । अहँ, त्यहाँ पनि थिएन । किताबहरूको चयाङ् मा हेरे। र्याकमा हेरे। दराजमा हेरे । कुन काप्चामा हेरे । अहँ, कतै थिएन।
रातो रात मोबाइल कसरी गायब हुन सक्छ ? कोठामा म बाहेक कोही थिएन । हिजो राति सुकुल लगाएर सुतेको थिए । मलाई याद छ, मोबाइल मैले सिरानी को बगल मै राखेको थिए । फेसबुकमा कयौँ नोटिफेकेशन आइसकेको होलान् । ह्वाट्सएपमा कति कतिले म्यासेज पठाइसके होलान् । मलाई छटपटी हुन थाल्यो । मोबाइल पाए पछि, हत्तपत्त सोसियल मिडिया खोल्छु र लगत्तै नोटिफिकेसन र म्यासेज हेरीहाल्छु भनी मन आत्तिन् थाल्यो । बेला बेलामा रिस पनि उठ्न थाल्यो ।
च्याङमा मिलाएर राखिएका किताबहरू मिल्काए । दराजमा राखेका पोशाकहरू यताउति मिल्काए। विस्तार उल्टाई पोल्टाई गरे । समय बित्दै थियो। उसरी नै म मा आगोको ज्वाला उम्लिरहेको थियो। क्रोध सञ्चित भइरहेको थियो।
अनि मोबाइल भेटियो । मोबाइल त ढोकाको कुनामा टेबुल तल मल्टी प्लगमा चार्जिङ मा थियो । मोबाइल भेटियो, मन पनि शान्त भयो । लाग्यो, मोबाइल मेरो मुटु हो ।


Comments (0)
No comments yet — be the first to say something.