त्यो टुक्रिएको सम्बन्धलाई एक एक गर्दै जोड्न खोज्दै छु म,
यो संसारमा; यो संसारमा मेरो शरीर छोडी हराएको आत्मा खोज्दै छु म,
ती बिथोलिएका पक्ष सुधार्दै बिताएका हामी खोज्दै छु म,
तिम्रो नयनमा हराउन; तिम्रो नयनमा हराउन म टुटमा अटाउन खोज्दै छु म,
तिमीलाई आफू भन्दा बढी माया गरि मेरो हराएको आत्मा तिमीमा खोज्दै छु म,
मेरो हराएको आत्मा त, मेरो हराएको आत्मा त तिमी नै रहेछौ पागल सरि किन खोज्दै छु म।।

Comments (0)
No comments yet — be the first to say something.