Catch feed

Catch → सत्य एउटै, बाटो अनेक

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

सत्य एउटै, बाटो अनेक

प्रिय

तिमीले चाह्यौ भने

नक्साका सबै रेखाहरू 

मेटिन सक्छन्,

दूरीका सारा पर्खालहरु 

ढल्न  सक्छन,

हेर न

बाटाहरू त हजारौँ छन्,

दिशाहरू चारैतिर फैलिएका छन्

तर 

याद राख, प्रिय,

त्यो शहरबाट 

एउटा बाटो

मेरो आँगनसम्म पनि आइपुग्छ।

सिर्जु शाह 

सुर्खेत ।

Comments (1)

Suman Ghimire 1 hour ago

आहा ।

Reply