धर्म
धर् धातु मा म जोड्दा हुने शब्द नै धर्म हो । कुनै पनि वस्तु, ब्यक्ति, या परिवेशको प्रकृति, गुण र स्वभावलाई धर्म भनिन्छ । धर्मको अर्थ दायित्व या जिम्मेवारी हो । हरेक ब्यक्ति, बस्तु या विषयको आफ्नै स्वरुप हुन्छ । आ- आफ्नै जिम्मेवारी छ । हावा निर्जिव छ । उसको पनि जिम्मेवारी छ । अत: प्रकृति नै भगवान हो । जसले मानव लगायत प्राणिको सिर्जना गर्यो । हामीले परम्परा सिर्जना गर्यौँ । मूल्य र मान्यता सिर्जना गर्यौँ । परम्परा र रहसन सिर्जन गर्यौँ । जसलाई हामीले सहजै धर्म भन्यौँ । प्रकृतिकै कारण हाम्रो जीवन सुनिश्चित भयो । सोही सुनिश्चितको कारण हामी यस अवस्थामा आइपुग्यौँ । कोही हामी हिन्दु भन्छौँ । कोही हामी बौध्द मार्गि भन्छौँ । कोही हामी क्रिश्चियन मार्गि भन्छौँ । कोही हामी मुस्लिम या इस्लाम मार्गि भन्छौँ । के हाम्रो धर्म परम्परा हो ? कदापि होइन । करेलाको प्रकृति तितो हुन्छ । आगोको प्रकृति तातो हुन्छ । मान्छेको प्रकृति मानविय सेवा या उपकार गर्ने नै हो । जसलाई हामी धर्म भनेर बृहत् रुपमा परिभाषित गर्न सक्छौँ । मानव नै प्रकृतिको संरक्षण र संवर्धनको लागि जन्मियो । जसलाई हामी मानव धर्म मान्न सक्छौँ । त्यसैले धर्मको अर्थ नै प्रकृति हो जहाँ भिन्न- भिन्न गुण र स्वभावहरु हुन्छ । प्राकृतिक रुपमा तीनले जीवन निर्वाह गर्दछन् ।
अझै दृढ रुपमा भन्नुपर्दा सबै भन्दा पहिला धर्म भनेकै सनातन थियो । दैनिक गर्ने मानविय चलनचल्ति नै धर्म थियो । कुनै परिभाषित दर्शन जोडिएको थिएन । सनातनको अर्थ नै पहिले देखि चलाउँदै आएको मानविय चलन चल्ति थियो । मानविय चाल चलन थियो जसलाई धर्म भनिन्थ्यो । मानव बाँदरवाट बिकसित हुँदै गयो । उ समुहमा बाँच्न थाल्यो । समुहमा शिकार गर्न थाल्यो । समुहमा हिँडेपछि झनै आत्मविस्वास बढ्यो । संकल्प बढ्यो । अत: क्रमश उनिहरु निश्चित ठाउँमा घर बनाएर बसोवास गर्न थाले । तव ढुङ्गे यूगको अन्त्य भयो । मानवले ढुक्क भएर खान लाउन सक्यो । जीवन सरल र सहज बन्दै गयो । तब दर्शन जन्म्यो । दर्शन र परम्परा मिलेर क्रमश: हिन्दु, बौध्द, इसाइ र इस्लाम धर्म जन्मियो । सबै भन्दा पूरानो धर्म सनातनी थियो । त्यसपछि मन्त्रको यूग सुरु भयो जसलाई हामी वेद भन्छौँ । मन्त्रबाट बिकसित हुँदै तन्त्रमा आइपुग्यो । जहाँ बौध्द र यहुदी धर्म मान्ने परम्परा सुरु भयो । पछि गएर प्रार्थनाको युग आयो जहाँ इसाइ र इस्लाम धर्म सामिल भयो ।
धर्म बुझ्नेले मानव हीतका कामहरु गरे । चौतारीमा वर र पिपलहरु रोपे । पूरै गाउँलाई अक्सिजनयुक्त बनाए । आँगनमा तुलसी र रछ्यानमा पारीजात रोपे । घरको वातावरण स्वच्छ बनाए। अन्तत: घरवरिपरि किटाणु मुक्त बनाए । धर्मलाई मानव सेवा र त्यागमा परिभाषित गरे । वेईमानी र छलकपटबाट मुक्त गरे । वेइमानी गर्दा इश्वरले दण्ड दिने हितोउपदेश बाँडे । मानव जिन्दगीलाई अपराध मुक्त बनाए । प्रकृतिको संरक्षण गरे । आवस्यक मात्र स्रोत र साधनको परिचालन गरेर जीवन निर्वाह गरे । प्रकृतिको काखवाट जडिबुटी निकाले । जडिबुटी को धर्म अौषधी बन्यो । कुनै मानव परम्पराले शान्ति मान्यो । कुनै मानव परम्पराले प्रार्थना मान्यो । त्यही परम्परालाई निरन्तरता दिइयो । सोही अनुरुप दर्शन जन्मिए । दर्शन र परम्परा जोडिएर धर्मको बृहत रुपमा बिकास भयो । आ- आफ्ना धर्म अनुसारको इश्वर मानियो । मानव जीवन र विश्व शान्तिको लागि प्रार्थना गरियो । प्रार्थना र भक्तिले जीवन्त जिन्दगी माग्यो । सबैको कल्याणको कामना गर्यो । मन्त्र , तन्त्र र प्रार्थना नै उर्जाको सञ्चय थियो । उर्जा प्रकृतिले दिन्थ्यो । जसको कारण मानव लगायतका प्राणीहरुलाई शक्ति मिल्थ्यो । लामो जिन्दगी मिल्थ्यो । अत: जप, तप, प्रार्थना, पुजा, मन्त्र र तन्त्रका परम्परा चले ।
धर्मले परम्पराको वाहुल्यता वढायो । चाडवाडको निर्माण गर्यो । मानव जीवन झनै सहज भयो । आ- आफ्ना परम्परा अनुसार प्रकृतिको पुजा र प्रार्थना गरियो । महिना ऋतु र बर्ष अनुसार रितिरिवाज चलाइयो । जहाँ प्रकृतिकै गुणगान गाइयो । प्रकृति अनुरुप पर्व मनाइयो । कसैले दशैँ तीहार मनाए । ऋतुको पुजा गरियो । कसैले ल्होसार र बौध्द पूर्णिमा मनाए । ऋतुकै गुण गान गाए । कसैले इदुल फितर, बकर इद र रमजान मनाए । ऋतुको सम्मान गरे । कसैले क्रिसमस लगायतका पर्व मनाए । ऋतुको सम्मान गरे । फलत: यी प्राकृतिक रुपमा मनाउने परम्परा बने । प्राकृतिक रुपमा आपसी समझदारी साट्ने मूल्य मान्यता बने । प्राकृतिक हिसावले भेषभुषा लगाए । प्रकृतिकै गुणगान गाए । प्रकृतिको काखमा धक फुकाएर रमाए ।
त्यसपछि कृषि, व्यापार हुँदै अहिले सुचनाको युगमा आइपुगियो । मानव निर्मित यन्त्रले मानवको भन्दा वढी सहानुभुति प्रकट गर्न थाल्यो । सद्भाव जनाउन थाल्यो। मानव हीतको लागि उभिन थाल्यो । मानवको जीवन सरल र सहज बनाउन थाल्यो । मानव कल्याणको लागि खडा हुन थाल्यो । दैनिक उपभोग्य समानहरु सरल रुपमा उत्पादन हुँदै गयो । प्रकृति परिवर्तन हुँदै गयो । जति जति मानव बिकास भयो मानव वाठो हुँदै गयो । उसको प्रकृति परिवर्तन हुँदै गयो । कृषि युगमा आइपुगे पछि कृषि अौजार बन्यो । कृषियुक्त जमिनको लागि बन जंगल मासिन थाले । उपभोग्य सामानको वढी प्रयोग भयो । जब आफुसँग बढी भएको समान अरुलाई दिँदा लाभ मिल्यो । उसले व्यापार सिक्यो । व्यापार सहज रुपमा गर्न गाडी बनायो । पानी जहाजहरु बनायो । हवाईजहाजहरु बनायो । समयले छलाङ्ग हान्यो । अहिले मान्छे आफ्नो जीवन सरल रुपमा अघि बढाउन प्रकृतिको दोहन गरिरहेको छ । प्रकृतिको बिनाश गरिरहेको छ ।
मान्छे जति जति बाठो भयो उसले धर्म भुल्यो । उसले आफ्नो जिम्मेवारी भुल्यो । मान्छेले मानविय गुण, प्रकृति र स्वभाव भुल्यो । उ झुटो बन्यो । झुट बिकाउन हजरौ दर्शनको बिकास गर्यो । दर्शनको लागि विभिन्न तर्क र प्रमाण जुटायो । हालसम्म २०,००० भन्दा वढी दार्शनिक जन्मे । पहिला पहिला ब्यापार र प्रतिष्पर्धाको माहोल नहुँदा मानव परम्परा सँगै दर्शन जोडिँदा धर्म बन्थ्यो । पछि बिस्तारै यसले नियम, कानुन र सोचको दायरा खुकुलो बनायो । आफैँ दर्शनलाई परिभाषित गर्यो । जहाँ प्राकृतिक बनावट, प्रकृतिको उत्पत्ति, जैविक विविधता, नैतिक पक्ष, सभ्यता, नीति नियम र मानव चंगोलकै चर्चा हुन थाल्यो । जब मान्छे अघायो उसलाई इज्जत चाहियो । मान पदवी र सोभा चाहियो । यही होडबाजीमा उसले दर्शनको विस्तार गर्दै गर्यो । आफ्नै नियम र कानुनले जोड्यो । आफ्नै विचार र पध्दति प्रवाह गर्यो । तत् पश्चात् खोज गर्न थाल्यो । जति जति खोज अघि बढ्यो उति उति प्रयोग अघि बढ्दै गयो । फलस्वरुप प्रमाणित बन्न पुग्यो । जसलाई हामी बिज्ञान भन्छौँ । यसरी मान्छे वैज्ञानिक युगमा आइपुग्दा उसले धर्मको परिभाषा आफ्नै रुपमा गर्यो ।
लगभग दस हजार बर्ष पहिले बाट सनातनि धर्म अघि बढेको मानिएता पनि ७००० बर्ष पहिले बाट वेद जन्मियो । त्यस पछि उपनिषेध जन्मिए । जति जति भिन्न- भिन्न दर्शन जन्मियो विवाद बढ्दै गयो । अत: विवादित भएर वेद दर्शनको खिलाफमा गौतम बुध्दले बौध्द दर्शन, गुरु महाविरले जैन दर्शन र …. दर्शन प्रतिपादन गरे । पश्चिममा २७०० बर्ष भन्दा पहिले पहिलो पटक दर्शन जन्मियो । त्यो विस्तार हुँदै यहुदी दर्शनबाट इसाइ र इसाइयतमा प्रमाणित भयो । मान्छेको समाज र स्वरुप बढ्दै जाँदा व्यापार बढ्यो । व्यापार गर्न समुन्द्र मार्ग प्रयोग भयो । बिस्तारै मरुभूमिमा वस्ति बसे । स्वत: अात्म सम्मानको लागि दर्शनको बिकास भयो । त्यसमा परम्परा जोडियो अत: १७०० बर्ष पहिले बाट इस्लाम धर्म सुरु भयो । पछि इस्लामबाट सुन्नि र सिया हुँदै विभिन्न दर्शन र मूल्य मान्यताका हाङ्गाविङ्गा पलाए । दर्शन अनुसार धर्मको रुप फेरियो । स्वरुपहरु फेरियो । बिस्तारै वाँडिदै गयो । उसले प्रकृतिको गुण, स्वभाव र मूल्य भुल्यो ।
धर्मको कारण जोडिएको मानविय कार्य धर्मकै कारण बिनाशको अवस्थामा आइपुग्यो । बेइमानी र छलकपट नै बाठो मान्छेको संज्ञा बन्यो । आइक्यु वढी भएको ब्यक्ति बनेर उभियो । उसले आफु बाठो बन्न आर्थिक भोगचलन गर्यो । मुद्राको बिकास गर्यो । प्रविधिको उच्चतम प्रयोग गर्यो । फलस्वरुप: बिनाशहरु निम्तायो । बढ्दो शहरीकरण र कलकारखानाले आसपासका धरातलिय स्वरुप त कुरुप बनाए । फोहोर डङ्गुर थुप्रिय । अजैविक फोहोरको त झनै कुरा नगरम् । वायु प्रदुषणको साथसाथै ध्वनि प्रदुषण भयो । वाटोघाटो बिस्तार गर्दा प्राकृतिक स्रोत साधन मासिए । कलकारखाना प्राकृतिक वस्तुमा निर्भर हुने नै भयो । त्यसमाथि हाल आएर आर्थिक होडवाजीमा प्रकृति बिनास गर्ने हतियार जन्माइसके ।
एक आपसमा जोड्ने शब्द धर्म थियो । अहिले मानव मानवमा फाटो ल्याउने शब्द नै धर्म बन्यो । पहिले धार्मिक मान्छे पुरुषार्थ गर्थे । कर्म र वाहुवलीमा मानव हीत गर्थे । अहिले कर्म भन्दा जन्म प्रदान बने । छुवाछुत बढ्यो । असमानताहरु वढ्यो । भेदभाव र बितृष्णनहरु वढ्यो । आफ्नै मूल्य र मान्यता अगाडि बढाइयो । घर-घरमा फाटो ल्यायो । गाउँ- गाउँमा विभिन्न जात र बर्गले फाटो ल्यायो । एउटै मालाको फुलहरुले आ-आफ्नै अस्तित्व रोजे । शरीरका अंग- अंगले आफ्नै अस्तित्व रोजे । कुनै दिन अंग- अंग स्वतन्त्र भयो भने के हुन्छ ? मानव अस्तित्व रहन्छ ? पक्कै पनि रहँदैन । हो सबै अंगका आ- आफ्ना खासियत हुन्छन् । आफ्ना – आफ्ना बिशेषताहरु हुन्छन् । आँखाको भिन्न काम र खासियत हुन्छ । मुटुको त्यस्तै हुन्छ । फ्याँक्नै पर्ने कपाल र नङ्गको पनि बिशेषता हुन्छ । यी सबै मिलेर मानव स्वरुप बन्छ । तब मात्र मान्छे जीवित छ रहन्छ । धर्मको गलत परिभाषाले मान्छेको दिमागमा बिष बमन गर्यो । त्यसैले आज गलत व्याख्या गर्दै मन परि गरिरहेको छ ।
जन्म प्रदान ब्यक्तिहरुले जातजाति र गलत मूल्य मान्यता स्थापना गरे । जसको कारण जातजाती, परम्परा र मुल्यमान्यताको विवाद चुलियो । मानव समाज र विचार विवादित भयो । त्यसैलाई राजनीति भनिन्छ । मानवता नै शक्तिको चङ्गुलमा फस्यो । छट्टुहरु सबै भन्दा बाठा कहलिए । मान्छेले मान्छेलाई ठगे । सबै भन्दा बढी बाठो भनेको के हो ? के धर्म भुल्न पर्ने हो ? कदापी होइन । धर्मको पालना गर्नु पर्थ्यो । अहिले धर्मको स्वरुप बढ्दै जाँदा उसको खानपानमा गएर अड्किएको छ । बाठाहरुले हतियार बनाएर धर्मको नाममा कलङ्क उव्जाइ रहेका छन्। राजनीति यै नाममा हुन्छ । खाने बिषय धर्मको परिभाषा बनेको छ । कुन जनावरको मासु खाने या नखाने ? खानेले नखाने माथि र नखानेले खाने माथि विरोध गरिरहेका छन् । यसैलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मुध्दा बनाएर युध्दको संङ्गारमा पुगेका छन्। के मानव ईतिहास खाने बिषयमा रचिन्छ ? के धर्मले खाने बिषयलाई मुध्दा बनाउँछ ? बनाउँदैन । धर्मको अर्थ खाद्यान्न हो ? होइन । जानी जानी धर्मले प्रकृति र स्वयं मानव जातिकै बिनाश गरिरहेको छ । हामी तेस्रो विश्व युध्दको संघारमा छौँ । यहाँ चाहेर पनि नचाहेर पनि धर्मको गलत व्याख्या गरिएको छ । प्रकृति अर्थात् भगवानले रचना गरेको यो ब्रम्हाण्डमा हामी प्राणीले भगवान बनाएका छौँ । आफ्नै प्रकृति बनाएका छौँ । आफ्नै अनुरुप प्रकृतिको बिभाजन गरि रहेका छौँ ।अत: बिनाशको नजिक पुग्दैछौँ । धर्मलाई भयावह बनाउँदैछौँ । कतै धर्मको कारण हामी त सकिँदैनौ ? प्राणी र बनस्पति जगत त सकिँदैन ? कतै जलचर प्राणि र सभ्यता त सकिँदैन ? प्रश्न उब्जि रहेको छ ।
धर्मले जिम्मेवारी पहिलाउँछ । कर्तव्य सिकाउँछ । मानवहितका उपाय कौसलता सिकाउँछ । धर्म जहिल्यै कर्म प्रदान हुन्छ । जन्म प्रदान हुँदैन । अत: मानव मानवलाई जोड्ने धर्मले कहिल्यै तोड्न सक्दैन । मानवले आफ्नो जिम्मेवारी र आफ्नो स्वभाव पह्रिचान गर्नुपर्छ । वरिपरिको बनस्पति , वोटविरुवाको संरक्षण र अन्य प्राणीको संरक्षण गर्दा नै मान्छे संरक्षित हुन्छ । मान्छे प्राकृतिक प्राणि भएको कारण उ भित्र प्राकृतिक स्वभाव छ । प्राकृतिक गुणहरु छन् । जुन स्वभाव पहिलाउँदा उ दानव बन्नबाट रोकिन्छ । कृतिम सुख सुविधाको नाममा अरुको हानी र नोक्सानी गर्दैन । अरुको सम्मानलाई आत्म सम्मान बनाउने छ । न बेइमानी नै गर्न सक्छ । न युध्द र अपराध गर्न सक्छ । अत: साँचो अर्थमा धर्मको परिभाषा थाहा हुने हो भने उ प्रकृतिलाई माया गर्छ । उसले पहिला आफू चिन्छ । आत्म जागृत बन्छ र प्राकृतिक संरक्षणमा लाग्छ । संवर्धनमा लाग्छ । प्राकृतिको स्याहार गर्छ । वरिपरिको वातावरण हराभरा राख्छ । सृष्टिको उदाहरण प्रस्तुत गर्दै सबै प्राकृतिक प्राणिहरुको रक्षा गर्छ । सबै माथि समभाव दृष्टिकोण बनाउँछ । त्याग र सेवामा लाग्छ । उस्लाई थाहा छ, ” त्याग र सेवामा लाग्ने नै आमा बने । प्रकृति बने । मातृभूमि बने । तब मात्र सृष्टि भयो । मातृत्वको अर्थ नै सन्तानहरुको उचित ब्यवास्थापन हो । गलत ब्यवस्थापन होइन ।
– हेलम्बु-६, सिन्धुपाल्चोक

Comments (0)
No comments yet — be the first to say something.