गजल
सरकार बदलिन्छ, पारा उही छ,
राहु, केतु, शुक्र, शनि तारा उही छ।
|१|
नयाँ गफ, नयाँ बाजा, नयाँ धुन,
मन्त्री, प्रधानमन्त्री सारा उही छ।
|२|
लोकतन्त्रमा होस् या गणतन्त्रमा,
ब्रह्मालुट, तिनले खाने चारा उही छ।
|३|
कर्णालीमा विकासको बाढी ल्याए,
घोषणापत्रमा मात्रै हो, रारा उही छ।
|४|
द्वन्द्व बढ्दै गयो दिनहुँजसो नै,
महोत्तरी, धनुषा र बारा उही छ।
|५|
©बालकृष्ण गजुरेल

Comments (0)
No comments yet — be the first to say something.