Catch feed

Catch → के थाहा त्यस्तो अनौठो

✓ Unlocked — enjoy the rest of the Catch
Catch

के थाहा त्यस्तो अनौठो

पर्ख आमा एउटा म निकास लिई आउँछु
बुद्ध सीता शान्ति भन्दै बिकास लिई आउछु ।

आँङ ढाक्ने बस्त्र अनि तिम्रो ईज्जत लुट्न खोज्दा
कालो बादल च्याती भिन्नै, आकाश लिई आउँछु ।

अन्याय र अत्याचारले सीमा नाग्दै जादा आखिर
भ्रष्ट्र जाली खेद्न जन, मास लिई आउँछु ।

मुक्ति म दिलाउँछु बाँधिएको जन्जिरबाट
त्यति बेला खुशी हर्ष उल्लास लिई आउँछु ।

रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज

Comments (0)

No comments yet — be the first to say something.