Catch feed

Catch → गजल

✓ Unlocked — enjoy the rest of the Catch

सडकको कुकुरले झै फालेकोनी खाँए आमा,
अरु फाल्थे थोत्रा लुगा मैले तिनै लाँए आमा ।

आफ्नो पेट पाल्नै पर्‍यो धेरै धाँए यता उता,
साथीहरुको सामु गई जोगिको गीत गाँए आमा ।

ब्यथा भने आफ्ना लाई भने पराइ लाई पनि,
एक छाक खान धेरै लामो बाटो पनि धाँए आमा ।

मनले मागे जती मैले खान पाईन कहिलेयै पनि,
धनी बन्ने आशा बोकी झनै दु:ख पाँए आमा ।

ज्यान फाल्न सकियन एक चोटि पाएको जिबन,
दु:ख सास्ती धेरै पाँए फर्की घरै आँए आमा । 

तेज बकस मियाँ
हर्मी १ बयापानी 
गोर्खा ।

Comments (0)

No comments yet — be the first to say something.