Catch feed

Catch → दुख्दै छ, देश आजभोली ।

✓ Unlocked — enjoy the rest of the Catch

दुख्दै छ, देश आजभोली ।
चुक्दै छ, देश आजभोली ।।

हरेक कुरामा विदेशी हस्तक्षेप,
झुक्दै छ, देश आजभोली ।।

भेरी, कर्णाली पुग्दैछन् भारत ।।
सुक्दै छ, देश आजभोली ।।

लाज पचाएर सहमती, सहमती,
भुक्दै छ, देश आजभोली ।।

वार न पार बिचमा पुगेर,
रुक्दै छ, देश आजभोली ।

-भुपेन्द्र (बिपिन) बिसी
बिकाशनगर, कोहलपुर बाँके

Comments (0)

No comments yet — be the first to say something.