गजल जोत्दै थियो किशान फाली लुटिएछ फाली संगै बर्सभरको बाली लुटिएछ यो धर्ति रक्च्यार्थ तत्पर छौ भन्थेखै मेची संगै महाकाली लुटिएछ कोपिलामै तुईएछन् प्रतिभाका फुलरित्तो छ रे बगान माली लुटिएछ थपी थपी पालो, हुने लाई मात्रै रैछ गरिब भने भोकै , थाली लुटिएछ रुदै रैछ त्यो अपरिचित दुनियामा संसारका कुनाकुना नेपाली लुटिएछ
Comments (0)
No comments yet — be the first to say something.