(राजन पनेरू)
लगनको गांठोमा बांधीएको एक दशक पार गर्दा पनि सन्तान लाभ नभए पछी सबैले आंखाको तारो बनाए । नपुसक, बांजा, पापीको बिल्ला लाग्यो । बाटामा भेट्नेले साईत बिग्रीयो भन्न थाले, हांस्ने र कुरा काट्ने बिषय हामीलाई नै बनाउन थाले । पैसा पहुंच र सन्तानको अभाब खड्कीएको जिबनमा आफ्नै दाजुभाईहरू दाजुभाई जस्ता भएनन् आफन्त र छिमेकीहरू आफ्ना भएनन् सबैले दोस्रो दर्जाको सम्झे । हेपाईको पराकाष्टाले बसाईसराई अन्तिम बिकल्प बन्यो ।
नयां गाउं, नयां ठाउं र नयां परीबेशमा सड्कमा अलपत्र परेको एउटा सड्क बालक हाम्रो सन्तान भयो । बालकको पालनपोषण हेरचाह शिक्षा दिक्षाको जिम्मा हाम्रो थाप्लोमा आयो, सामाजिक ईज्जत र बुढेसको लाठी धान्ने जिम्मा उसको थाप्लोमा गयो । हाम्रो दुःख र उसको लगनशिलताको प्रतीफल उसले धेरै पढ्यो र ठुलो मान्छे बन्यो ।
एकदिन छोराले भन्यो बा मैले एउटा बृद्धाश्रम खोलेको छु त्यहां सन्तान नभएका, सन्तान बाट अपहेलीत भएका, गरीब, दु:खी अशक्त धेरै बृद्ध बृद्धाहरू लाई ल्याएर पालन पोषण गरेर राखेको छु त्यो आश्रमको उद्घाटन हजुरले गर्नु पर्यो, मैले खुसीका साथ सहमत जनाए । आज जिबनमा आफु र आफ्नो सन्तान प्रती गर्व जागेर आयो । यही सन्तान नभएको भए म पनि कुन बृद्धाश्रममा हुन्थें कल्पना गर्न थालें । मलाई बाले दिनुभएको असल शिक्षा र संस्कारले मैले समाजको लागी केही गर्न खोजे भन्दै कार्यक्रममा मञ्च बाट छोराले बोल्दा मलाई भाबुक बनायो । कार्यक्रमको उद्घाटन पछी आश्रममा रहेका बृद्ध बृद्धाहरू भेट्न थालें । त्यहां मेरा दाजुभाई तथा छिमेकीहरूलाई पनि देखें मलाई देखेर उनिहरू पश्चतापले पिलपिलाउन थाले म पनि गर्वले आंशु बगाउन थाले ।
Comments (0)
No comments yet — be the first to say something.