Catch feed

Catch → सपना ।।।

✓ Unlocked — enjoy the rest of the Catch

मेरा सपनाहरु
लपक्कै लागेका थ्ये 
ति काँचका झ्यालहरुमा,
पुष माघको तुसारोझैं,
ढपक्क ढाकेर, त्यो बहिरी संसारलाई । 
एक बिहान, 
म उठें,
टेबुलमा मिल्किरहेको
सानो टालो लिएर,
बिस्तारै पुछें, लपक्कै लागेको तुसारो हटाएं ।
छर्लङ,सफा पारेँ ति चिसा झ्यालहरुलाई ।
बाहिर छर्लङ देखियो।
हिमाल, पहाड, हरियाली।
मोती झै टिल्पिल टिल्पिल किरणहरु।
खुला, मन फुकाएर उडेका पंक्षिहरु ।
मेरा नयनहरु उडे, मेरो मन बोकेर।
अनी मन्द हाँसे ।
आनन्दित भए।
आहा ।
कती सुन्दर छ मेरो
सपनाबिनाको संसार ।

Comments (0)

No comments yet — be the first to say something.