कथा समीक्षा: अम्बा
लेखक : बद्री अधिकारी
समीक्षा: एक रावल
दैनिक नेपालगन्ज, आइतबार २५, असोज, २०८३ मा प्रकाशित बद्री अधिकारी ज्यू को कथा “अम्बा” समसामयिक विषयमा लेखिएको एक सामाजिक कथा हो। केही समय अघि आएको भोटेकोशी बढी अन्तर्गत रहेर यस उपन्यासको कथावस्तु को सुरुवात हुन्छ।
कथाकी मुख्य पात्र ६० वर्षीय मायादेवी को एक सानो परिवार हुन्छ । छोरा बुहारी अनि सानो नाति । उनी बिहानै पात टिप्न माथि डाँडा को वनतिर लाग्छिन् । अनि केही समयमै अचानक बाढी आउँछ। हेर्दा हेर्दै उनकै आँखा अगाडि उनकै गाउँ, उनकै घर बगाएर लिन्छ। जब बाढीको पानी घट्छ तब उनी तल गाउँ तिर लाग्छिन्। आफ्नो घर रहेको स्थानमा पुग्छिन् तर थाहा केहीपनि देख्दिनँ, सिवाय माटो बालुवा बाहेक।
अनि त्यस पछि उनी द्वार बाढी पछि परेका नकारात्मक र अमानवीय क्रियाकलाप लाई पनि कथा मार्फत देखिएको छ ।
अनि माया देवी एक अन्तहीन यात्रा मा जान्छिन्, जहाँ उनलाई आफू कहा जाने हो , केही ठेगाना हुँदैन । बस उनी पाइला चल्दै चाल्दै सहर पुग्छिन्। । थाहा उनले एक आफ्नै नाति उमेरको बच्चालाई आफ्नो कुनै प्रवाह नगरी सडक त्यस बालक लाई बचाउँछिन् । त्यस क्रममा उनको खुट्टा बाँचिन्छ। मायादेवीको आफ्नो नभई त्यस बालक को चिन्ता गर्न भन्छिन् । उपचार र सञ्चो नहुँदा सम्म बालक कै बाआमाले हेरचाह गर्छन् । बिस्तारै त्यस नयाँ परिवारमा एक अर्का प्रति घनिष्टता बढ्न थाल्छ तर पनि महादेवलाई आफ्नो लपता भएको घरको , घर कै छेउमा रहेको अम्बाको र आफ्नो परिवार को , आफ्नो छोरा बुहारी र नातिको सम्झनाले सताइरहन्छ । नयाँ घरमा पनि अम्बाको बोट हुन्छ । जसले महादेवलाई आफ्नो नातिको बरोबर सम्झना ढिलाइ रहन्छ ।
कथाको लेखन शैली सरल, स्पष्ट रहेको छ ।
कथाको एक सन्दर्भ भने केही नमिलेको जस्तो लाग्यो । नयाँ परिवारमा बालक को आमाले रोटी पकाउने आउँदैन भन्दा मायादेवीको सिक्नु पर्छ भनी सल्लाह दिन्छिन् र बालकका लागि रोटी बनाइदिन्छन् । यो प्रसङ्ग अलि कता कता नमिले जस्तो लाग्यो ।
बाँकी कथा वस्तुले उठाएको सन्दर्भले सकारात्मक पक्ष लिन्छ । समाजमा मानवताको उदाहरण देखाउँछ ।

Comments (0)
No comments yet — be the first to say something.