आज म लगातार चार घण्टा हिँडे । सहरका गल्ली हरूमा। जता ततै मान्छेको भीड थियो । गुडिरहेका गाडीहरुको कोलाह थियो । किन यति भीड ?
म त यतिकै हिँडेको थिएँ । होइन क्यारे काम परेर हिँडेको थिएँ । केही समय यता म बिनाकारण बेकाम भएर भौतारिरहेको थिए । सायद बानी पर्यो । काम ले हिँड्दा पनि यतिकै भौतारिरहे झै लाग्यो । हो पनि । म काम ले हिँडेको थिदै थिएन । म काम खोज्न चाहिँ हिँडेको थिएँ । किन कि म बेरोजगार थिए । बेरोजगार भएपछि नै मान्छे काम लाई पन्छाउँदै भौतारी रहन्छ । त्यसरी नै भौतारी रहेको थिए । गलीहरूमा म मात्रै थिएनन् । तमाम् थिए । के ति पनि बेरोजगार थिए त ? रोजगार भएको भए आआफ्नो काम मा हुन्थे होलान् तर ती त गल्लीहरू चहारिरहेका थिए । के त्यो पनि उनीहरूको काम को भाग हो त ? काम को भाग नै हो भने त आफ्नै सुरमा हिँड्नु पर्ने तर ती त तितर वितर छारिएका थिए । केराउका दाना भुइँमा छरिए झै ।
आखिर म पनि त ति नै भीड को हिस्सा थिए । तर म त रोजगार थिएन । म जस्तै यहाँ कति युवा होलान् जो म जसरी सहरका गल्लीहरू हर दिन भौतारिरहेको हुन्छ । चहारिरहेको हुन्छ । अवसरहरूको पछाडी ।
उ पनि त्यसरी नै भौतारिरहेको थियो । मैले सडकको कुनै किनार बाट उसलाई नियाले । उसलाई पन्छाए। मलाई लाग्यो, म उसलाई पछ्याइरहेको थिए । तर म होइन उसले चाहिँ मलाई पन्छाएको रहेछ । मलाई त पत्तै भएन। सायद उ जासूस हुन् सक्थ्यो । उसले मलाई आफ्नो नजरमा पारेर उल्टै मलाई पो जाँचिरहेको रहेछ । किन ? म एक्लो भएर होला । बेकाम भएर गल्लीहरू भौतारिरहेको भएर होला । या शङ्का परेर । के को शङ्का ? त्यो त उसको अनुसन्धान पूरा भए पछि उसैलाई ज्ञात होला ?

Comments (0)
No comments yet — be the first to say something.