Catch feed

Catch → तिम्री आमा योद्धा हुन

✓ Unlocked — enjoy the rest of the Catch
Poem

तिम्री आमा योद्धा हुन

कविता : राजकुमार निरञ्जन ✍️

तिम्री आमाको हातमा हसियाँ हुन्छ
तिम्री आमाको हातमा चुरा हुन्छ
तिम्री आमाको हातमा चिम्टा हुन्छ
डाडु र पन्यु त हरदिन तिम्रै आमाको हातमा हुन्छन
पोते र आरि त हरदिन तिम्रै आमाको हातमा हुन्छन
तर पनि तिम्री आमा गृहणी होईनन
बरु हुन तिम्री आमा एक योद्धा

नाकमा बुलाकिले बाधेको छ तिम्री आमालाई
कानमा रिङ्गले बाधेको छ तिम्री आमालाई
गर्धनमा मडारी झुन्डाएर
तिम्रो आमालाई बन्दि बनाईएको छ
सिउदोँमा सिन्दुरको धुलो छर्केर
तिम्री आमालाई कैद गरिएको छ
चार पर्खालको पिञ्जडाभित्र
तिम्रो आमाले धुवाँ पिएर स्वास फेर्छिन
आगँनकै परिधिलाई
तिम्री आमाले सिङ्गो संसार मान्छिन
तर पनि तिम्री आमा कैदी होईनन
बरु हुन तिम्री आमा एक योद्धा

तिम्री आमालाई छुट छैन
मन लागेको विचार ब्यक्त गर्न
तिम्री आमालाई छुट छैन
सामाजिक कुरितिका ट्यागहरु हटाउन
तिम्री आमालाई छुट छैन
देखिने गरि रुन
तिम्री आमालाई छुट छैन
मन खुल्ले गरि हाँस्न
तिम्री आमालाई छुट छैन
आनन्दले विश्राम गर्न
तर पनि तिम्री आमा नोकर होईनन
बरु हुन तिम्री आमा एक योद्धा

तिम्री आमालाई जति सबैको सुर्ता
कसैलाई छैन होला
तिम्री आमालाई जति दुख
कसैलाई छैन होला
तिम्री आमा बिसाउँदा पनि सोचिरहन्छिन्
तिम्री आमा रिसाउँदा पनि सीमा नाग्दिनन
मन भित्रका कुण्ठाहरू कसै माथि पोख्दिनन
यसो नगर भनेर कसैलाई रोक्दिनन
तिम्री आमा एक तमासकी छिन
तिम्री आमा केही नहोलिन तर आशकी छन
तर पनि तिम्री आमा दासी होईनन
बरु हुन तिम्री आमा एक योद्धा

तिम्री आमाले नापेकी छन
पैतालाले यो भुगोललाई
तिम्री आमाले यो धर्तिलाई फोरेर उमारेकी छन
तिम्रो भोक मेटाउने बिजहरुलाई
तिम्री आमाले बोकेकी छन सिङ्गो प्रेम छाती भित्र
तिमिलाई मान्छे बनाउने संघर्ष जीवन यात्रा गर्दा
तिम्री आमाको मस्तिष्कमा
अवस्थित छ सिङ्गो ब्रह्माण्ड
तिम्री आमाको कोखमा थियो
यो ब्रह्माण्ड कै प्रज्जवलित दिपक
त्यसैले तिम्री आमा हारेकी सिपाही होईनन
बरु हुन तिम्री आमा एक योद्धा

तिम्री आमा तिमिलाई जन्माउने ईश्वर हुन
तिमी तिम्रै आमाको कोखमा कोरिएकी
सुन्दर कविता हौ
रगतका बुँद बुँदले कोरेकी हुन तिमिलाई
र छापेकी हुन यो संसारमा
प्राणको दाउ राखेर तिमिलाई
आफ्नै प्राण दाउ राख्ने
तिम्री आमा कमजोर होईनन
बरु हुन तिम्री आमा एक योद्धा

तिम्री आमा आफैमा कलम हुन
तिम्री आमा आफैमा मलम हुन
तिम्री आमा बन्दुक हुन
तिम्री आमा बुद्ध हुन
पसेर हेर तिम्री आमाको हृदयभित्र
तिम्री आमा एक महान योद्धा हुन
कहिल्यै नहारेकी योद्धा हुन !

Comments (0)

No comments yet — be the first to say something.