नहुनु थियो भइसकेपछि
माटोमा मिलिसकेपछि
एक बिज
उम्रोस माटोमा
बढोस हुर्कोस , फुलोस फलोस
अनि जरोस जमिन मै
तर तर
आफ्नो आफ्नो भाग्य
माटोमै मिल्न नपाउदै
सकियो अस्तीत्व उसको
कुल्चीयो पैतालाले
मुरझार्यो त्यही
फेरी मिल्योमाटोमा मिल्यो भने
के भएर भरभराउला त्यो माटो ?
कतै गरिबको चुलो
टाल्न वा
मन्द्रिको भित्ता रंगाउन प्रयोग हुन्छ कि ?
मान्छेहरु आउछन्
प्रशांसाका अनेक शब्दहरु र
फोटो खिचेर लग्छनन्
कला र कृतीको
गर्व गर्लान इतिहास र शाशकहरुको
तर, भित्तामा रगंगीएको त्यो माटो
छट्पटाइरहेहोला ?
आफ्नो प्रतिभा देखाउन नपाउदा
जमिन फेरी
र्भरभराउन नपाउदाँ ।
Catch → नहुनु भइसकेपछि
✓ Unlocked — enjoy the rest of the Catch
Comments (1)
सुन्दर ✍️❤️