Catch feed

Catch → नेपाल प्रिमियर लिग (NPL) २०२६ — नेपाली क्रिकेटको नयाँ उत्सव !

✓ Unlocked — enjoy the rest of the Catch
free writes

नेपाल प्रिमियर लिग (NPL) २०२६ — नेपाली क्रिकेटको नयाँ उत्सव !

नेपाल प्रिमियर लिग (NPL) २०२६ — नेपाली क्रिकेटको नयाँ उत्सव !

नेपाल प्रिमियर लिग (NPL) २०२६ — नेपाली क्रिकेटको नयाँ उत्सव !

नेपालको क्रिकेटप्रेमीका लागि फेरि अर्को रोमाञ्चक समय आएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ । प्रतियोगिताका सबै खेल कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछन् ।

यस सिजनको विशेषता भनेको नेपाली खेलाडीहरूको प्रतिभा, विदेशी खेलाडीहरूको अनुभव, फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धा र प्रविधिको थप प्रयोग हो । यसपटक प्रतियोगिताका सबै खेलमा निर्णय पुनरावलोकन प्रणाली (DRS) प्रयोग गर्ने तयारी गरिएको छ, जसले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्ने अवसर प्रदान गर्नेछ ।

१. यस सिजन खेल्ने आठ टोली छन ..!

१. लुम्बिनी लायन्स (Lumbini Lions)
अघिल्लो सिजनको विजेता गत सिजनको उपाधि जितेको लुम्बिनी यसपटक पनि आफ्नो दबदबा कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

२. सुदूरपश्चिम रोयल्स
अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा रहनेछ ।

३. विराटनगर किङ्स
कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोली बलिङ र प्रतिस्पर्धात्मक प्रदर्शनका लागि चर्चामा रहनेछ ।

४. चितवन राइनोज
कुशल मल्लको नेतृत्वमा रहेको चितवनको प्रदर्शन पनि यस सिजनको चासोको विषय हुनेछ ।

५. जनकपुर बोल्ट्स
सन् २०२४ को पहिलो संस्करणको विजेता जनकपुर आफ्नो पुरानो सफलतालाई दोहोर्‍याउने लक्ष्यमा रहनेछ ।

६. कर्णाली याक्स
नेपाली क्रिकेटमा कर्णालीको प्रतिनिधित्व गर्ने यस टोलीले प्रतियोगितामा आफ्नो छाप छोड्ने प्रयास गर्नेछ ।

७. काठमाडौं गोर्खाज
राजधानीको प्रतिनिधित्व गर्ने काठमाडौंको टोली पनि उपाधि यात्राका लागि मैदानमा उत्रनेछ ।

८. पोखरा एभेन्जर्स
यस सिजन पोखराले बंगलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन र मेहिदी हसनजस्ता खेलाडीलाई समेटेको छ, जसले टोलीमा अन्तर्राष्ट्रिय अनुभव थप्नेछन्

२. उद्घाटन खेल कहिले र कसबीच ?
उद्घाटन खेल सोमबार, २६ अक्टोबर २०२६
लुम्बिनी लायन्स VS सुदूरपश्चिम रोयल्स
स्थान: कीर्तिपुर, त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान
नेपाली समयअनुसार साँझ ५:०० बजे

नोभेम्बर २१: फाइनल आठ टोलीले लिग चरणमा एकअर्कासँग एक–एक खेल खेल्नेछन् । लिग चरणमा शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्नेछन् ।

३. विदेशी खेलाडीको आकर्षण
NPL को यो सिजन नेपाली खेलाडीका लागि मात्र होइन, विदेशी खेलाडीको प्रदर्शन हेर्न चाहने क्रिकेटप्रेमीका लागि पनि विशेष हुनेछ । पोखरा एभेन्जर्समा शाकिब अल हसन र मेहिदी हसन तथा कर्णाली याक्समा पाकिस्तानका हुसेन तलत आबद्ध भएका छन् । विदेशी खेलाडीको अनुभवले नेपाली खेलाडीलाई नयाँ कुरा सिक्ने र आफ्नो क्षमता देखाउने अवसर दिन सक्छ ।

४. यसपटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष: DRS
क्रिकेटमा कहिलेकाहीँ एउटा गलत निर्णयले खेलको नतिजा नै बदलिन सक्छ । यसपटक NPL का सबै खेलमा DRS प्रयोग गर्ने घोषणा गरिएको छ । यसले खेलाडीलाई अम्पायरको निर्णय पुनरावलोकन गर्न सहयोग गर्नेछ र प्रतियोगिताको सञ्चालनलाई अझ व्यवस्थित बनाउन सक्छ ।

५. प्रतियोगिता कसरी अघि बढ्नेछ ?
अक्टोबर २६ – नोभेम्बर १५: लिग चरण ।
नोभेम्बर १७: क्वालिफायर १।
नोभेम्बर १८: एलिमिनेटर।
नोभेम्बर १९: क्वालिफायर २।
नोभेम्बर २१: फाइनल ।

आठ टोलीले लिग चरणमा एकअर्कासँग एक–एक खेल खेल्नेछन् । लिग चरणमा शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्नेछन् ।

NPL नेपाली क्रिकेटको आशा हो NPL एउटा प्रतियोगिता मात्र होइन, नेपाली क्रिकेटलाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा महत्त्वपूर्ण अवसर पनि हो । यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई आफ्नो क्षमता देखाउने मञ्च दिन्छन्, दर्शकमा क्रिकेटप्रतिको आकर्षण बढाउँछन् र नेपाली खेलाडीलाई अनुभवी विदेशी खेलाडीसँग खेल्ने अवसर प्रदान गर्छन् । हामी नेपाली क्रिकेट प्रेमीको चाहना एउटै हो—खेल रोमाञ्चक होस्, खेलाडीले उत्कृष्ट प्रदर्शन गरून् र नेपालको क्रिकेटले नयाँ उचाइ हासिल गरोस् ।

जय नेपाली क्रिकेट ! #nepalicricketfans #highlightseveryone #highlight #HiringNow

Comments (0)

No comments yet — be the first to say something.