Catch feed

Catch → भ्रम भित्रको सत्य

✓ Unlocked — enjoy the rest of the Catch
Poem

भ्रम भित्रको सत्य

वास्तविकता नबुझेका आफै
मनगढन्ते कथा बुझाउँदै छन्
धर्मको खेतीका खेताला
ध्यान योगमा मस्त छन्
पाप र पुण्यको आडमा
सबैलाई बिचलित पर्दै छन्
रमाउँदै छन् कसैको कमजोरीमा
भन्दै स्वर्गको द्वार खोल्नेछन्
कसैको भरोसामा झुटमार्दै
विश्वास बुझ्न खोज्दै छन्
कसैलाई सम्झाउँदै छन्
मान्न पाइन्छ आफ्नो आस्था
खुसी त्यही मिल्ने छन्
लोभ र लालचको भारमा
कसैलाई त्राश देखाउँदै छन्

Comments (2)

Philosophy, Books & MovieVerified profile 2 weeks ago

कबिता ले मन छोयो ।

Reply
SANTOSH BHATTARAI 2 weeks ago

धन्यवाद

Reply