असंख्य
विरोधाभासले बनेको हुन्छ
सुक्खा पातहरूमा झुण्डिरहेको पातलो शरीर
रात रूपक हो,
जसभित्र —
मौनता स्पष्ट देखिने गरि चिच्याइरहेको हुन्छ
म त्यहीँ बसिरहेको हुन्छु प्रतिक्षामा,
भ्रामक वास्तविकतालाई
अंगालो भरि दाहसंस्कार गर्ने प्रलोभनमा,
मेरो सामुन्ने
सबैथोक धाराप्रवाह घटित भई राखेको हुन्छ
हावा पोल्छ
पुनः आफै सेलाउँछ
म भने —
स्विच अन गर्छु,
सिल्विया प्लाथका पानाहरू चपाउँछु,
केहिबेरका लागी
अघाए जस्तो हुन्छ मलाई
— अहमद साहिल
Comments (4)
अति सुंदर!
सहृदय धन्यवाद 🙏
यस्तै अरु पढ्न पाईयोस् । शुभकामाना पनि ।
यो सुन्दर अवसरका लागि सहृदय आभार ।