Catch feed

Catch → व्यवस्था फेरिए, आरोप फेरिएनन् पात्र फेरिए, खेल उही रह्यो !

✓ Unlocked — enjoy the rest of the Catch
free writes

व्यवस्था फेरिए, आरोप फेरिएनन् पात्र फेरिए, खेल उही रह्यो !

व्यवस्था फेरिए, आरोप फेरिएनन् पात्र फेरिए, खेल उही रह्यो !
राणा शासन अन्त्य भएर शाही राजतन्त्र सहित पञ्चायत आउँदा राणाहरूले भने विदेशीहरूले पञ्चायत खडा गरेर राणा शासन ढाले । पञ्चायत गयो, प्रजातन्त्र आयो । पञ्चायतले भन्यो यो विदेशीको खेल हो, प्रजातान्त्रिक नेता सबै विदेशीका खेताला हुन् । प्रजातन्त्र आयो, सत्ता शक्ति सदनमा राजतन्त्र रहिरह्यो । उता माओवादी भुमिगत थियो यता पन्चायत, प्रजातान्त्रलाई राजतन्त्र भारी भयो कि बिदेशिलाई नेपालमा खेल्न गाह्रो भयो अनि रचियो शाही परिवारसहितको दरबार हत्याकाण्डले देशलाई स्तब्ध बनायो । त्यसपछि माओवादी सशस्त्र द्वन्द्वले दस वर्ष देशलाई हिंसाको आगोमा धकेल्यो । नेपालको इतिहास, अस्तित्व र भविष्य नै डगमगाउने अवस्था सिर्जना भयो । अन्तत पञ्चायत ढल्यो, प्रजातान्त्र ढल्यो, राजतन्त्र ढल्यो, पुरानो राजनीतिक संरचना ढल्यो र जन्मियो लोकतान्त्रिक गणतन्त्र । गणतन्त्र ल्याउनेहरूले भने यसको विरोध गर्नेहरू प्रतिगामी हुन्, विदेशीका दलाल हुन् । उता पञ्चायत, प्रजातान्त्र, राजतन्त्र, बाट भनियो लोकतान्त्रिक गणतन्त्र बिदेशिहरुको खेल हो र सबै तन्त्रको खिचडी भाडतन्त्र अराजक तन्त्रको शासन सत्ता शक्ति उनीहरू मिलेर वर्षौँ शासन गरे । सदन सत्ता शक्तिले भरिएको शासन जनताको धैर्यको बाँधले टुट्यो । अहंकार, घमण्ड, भ्रष्टाचार र कुशासनले भरिएको राजनीतिक बेलुन फुट्यो । जनता सडकमा उत्रिए । परिवर्तनको नाममा फेरि आन्दोलन भए, पञ्चायत, प्रजातान्त्र, राजतन्त्र, लोकतान्त्रिक गणतन्त्रमा उदाएको घमन्ड अहंकारको अराजक शासनले घुसपैठ देशको अस्तित्व खरानी बनाए, बिश्व सामु देशको बाँकी रहेको विश्वाससमेत खरानी हुँदै गयो । चुनाव भयो सरकार बन्यो । तर विडम्बना हेरौँ हिजो विदेशीको खेल भन्दै व्यवस्था बचाउनेहरू पञ्चायत, प्रजातान्त्र, राजतन्त्र, लोकतान्त्रिक गणतन्त्र नै आज नयाँ सरकारलाई विदेशीको इसारामा चल्ने, अमेरिकाको हली मसिया भन्दै छन् । इतिहासले एउटा प्रश्न सोधिरहेको छ राणा शासनदेखि पञ्चायतसम्म, प्रजातन्त्रदेखि गणतन्त्रसम्म, व्यवस्था फेरिए तर विदेशीको आरोप किन फेरिएन ? पात्रहरू फेरिए, नाराहरू फेरिए, झन्डाहरू फेरिए तर जनतालाई दोष दिने र आफूलाई सत्ताको एकमात्र हकदार ठान्ने प्रवृत्ति किन उस्तै रह्यो ? के सबै ब्यबस्था शासन शक्तिको मुल जरो नै त्यहीँ हो ! र आउने ब्यबस्था शासन शक्तिमा पनि त्यहीँ चित्रको छायां देख्ने कि यो जनतालाई भ्रममा राखेर राजनीति गर्ने मुद्दा हो ? सत्ता बदलिँदा देश बदलिन्छ भन्ने भ्रममा जनता कति पटक परे होलान् ? तर हरेक पटक चुनावमा भोट हाल्ने हात तिनै जनताका थिए । कथा राणाकालदेखि आजसम्म उस्तै छ पात्र फरक छन्, व्यवस्था फरक छन्, आरोप फरक छन् तर सत्ताको खेलमा प्रयोग हुने भोट भने जनताकै हो ।

एउटा देशको Suraj Gaihre नागरिकले आज सोचेको कुरो ल !
धन्यवाद ! 😋

फेशबुकमा केही समय पहिला पोष्ट गरिएको स्टाटस्❤️

#highlightseveryone #highlight

Comments (0)

No comments yet — be the first to say something.