Catch feed
Grantha / Person / आचार्य कमल रिजाल (Acharya Kamal Rijal)
GRANTHA · SHARED KNOWLEDGE, KEPT HONEST beta

आचार्य कमल रिजाल (Acharya Kamal Rijal)

अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजाल पूर्वीय दर्शन-साहित्यका सिद्धहस्त लेखक मानिन्छन्, र उनको कलम पाश्चात्य दर्शनको क्षेत्रमा पनि उत्तिकै सशक्त रहँदै आएको छ। २०१५ साल भदौ ५ गते तत्कालीन गुम्दी गाविस वडा नं ७, हाल गङ्गाजमुना गाउँपालिका वडा नं ४, सालदुम (साल्मेटार)मा पिता पण्डित होमनाथ रिजाल र माता जीवमाया रिजालका तृतीय पुत्रका रूपमा जन्मेका रिजाल हाल काठमाडौं धापासीमा बसोबास गर्छन्। गोरखापत्र दैनिक र मधुपर्क मासिकको प्रधानसम्पादक रहिसकेका उनी हाल स्वतन्त्र पत्रकारको हैसियतमा विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा कलम चलाउँदै आएका छन्, र लोकान्तर डट्कमका स्तम्भकार पनि हुन्। उनका आख्यान र गैरआख्यान गरी यसअघि प्रकाशित कृतिहरू २० वटा रहेका छन्।