अचेल सपनाहरु बौलाईरहेछन्रात रातभर सपनाहरु बर्बराइरहेछन्,
यी बेघर्वार, निर्धन सपनाहरु यो साँघुरो शहरमाहरेक बिहान ऐठनहरु बोकेरशितका नुनिला थोपा पुच्छ्दै पुच्छ्दै खाली पेट लिएरगाँस र बास खोज्दै भौतारिन्छन् शहरको गन्हाउने गल्ली–गल्ली
केही सपनाहरुबिछोडिएका प्रियसीका यादमा मान्छेहरुको कोलाहल छलेर शहरदेखि टाढाटाढाएकान्तमा टहलिन पुग्छन्सम्झन्छन्, कोट्याउँछन् पुराना घाउहरु रक्तामे छाती लिएरअस्पतालै नगई रक्सीले मातेर फर्कन्छन्
यी जागिरे सपनाहरुथकाई च्यापेर फर्कन्छन् ऋणको ब्लांक चेक देखाउँदैरित्तो गोजी बोकेर फर्कन्छन्
केही सद्धे सपनाहरुदेखिन छाडेका छन् टोलमा सायद, तिनले बँसाई सरछन् क्यारे अर्को कुनै सून्दर शहरमा सपनाहरु पुरा हुने शहरहरुमा
बाँकी तिनै सपनाहरुनिराशाको अँधेरो पच्छ्याउँदैभोक र प्यास बेचेर सुनसान सडककोकुनै चिसो कुनोमाअसरल्ल सपनाहरु गाडिएका चिहानहरुमा सपनाहरु सपनाको महल ठड्याउँछन्थकानको पल्ला ओडेर भुस्याहा कुकुरहरुको पहरामा भोकभोकै पल्टन्छन्भुस्भुसी निदाउँछन् मध्यरातमा झस्कन्छन्, चिच्याउँछन् बर्बराउँछन्
यी बौलाहा सपनाहरुले गर्दाम अचेल धेरै दिनदेखि अनिँदै छु ।
Catch → बौलाहा सपनाहरु
✓ Unlocked — enjoy the rest of the Catch
Comments (1)
hajar baulaha sapanaharuko maya lager aucha!!! anyway saktishali cha kabita!