लघुकथा – पाप कि बानी ?
“धमिलो पानी खोल्दा पनि रिसाउनु भएन त ! ” अचानक घरबेटीले झस्काए ।
केही दिन पहिला उनी जाँड खाएर आए । मैले भनेँ, ” यो ठिक भएन त ! त्यो दिन देखि उनलाई म मन नै परेन । कोठाबाट निकाल्न उनले धमिलो पानी छोडे । त्यो दिन म यति हैरान बनेँ कि नुहाउन मात्र गएको । कहिले धमिलो पानी । कहिले पानी बन्द गर्ने गरे । रुमबाट भगाउने उनको जुक्ति भनेर साध्य थिएन । काइदाको जुक्तिले पनि काम गरेन ।
मैले सोचेँ, “मष्तिकले गल्ती र सही छुट्याउन्न । ”
बानीको आधारमा सहि र गलत छुट्याउने हो । ब्रेन प्याटर्न उसको बिग्रने हो । बानी उसको बिग्रने हो । म चुपचाप निस्केँ । मलाई उसको गलत बानीसँग मत्लब नै लागेन ।
“केही भन्नू न ।” घरबेटीले फेरि कर गरे ।
मैले सोधेँ, “फेरि अरुलाई पनि गर्नु भयो कि ?”
उनले आङ्ग कन्हाउँदै भने, ” तपाईँलाई भनेर दोस्रो पटक धमिलो पानी छोडेको । बुढी परिछ । त्यो दिन घरमा बस्न दिएनन् ।”
मलाई आफैँ अचम्म लाग्यो । उनका नाटक जान्न उनैलाई मैले सोधेँ , “यो उपद्रो तपाईँको पाप कि बानी ?”
– हेलम्बु-६, सिन्धुपाल्चोक

Comments (0)
No comments yet — be the first to say something.