Catch feed

Catch → पाप कि बानी

✓ Unlocked — enjoy the rest of the Catch
Story

पाप कि बानी

लघुकथा – पाप कि बानी ? 

 

“धमिलो पानी खोल्दा पनि रिसाउनु भएन त ! ” अचानक घरबेटीले झस्काए । 

केही दिन पहिला उनी जाँड खाएर आए । मैले भनेँ, ” यो ठिक भएन त ! त्यो दिन देखि उनलाई म मन नै परेन । कोठाबाट निकाल्न  उनले धमिलो पानी छोडे । त्यो दिन म यति हैरान बनेँ कि नुहाउन  मात्र गएको । कहिले धमिलो पानी । कहिले पानी बन्द गर्ने गरे । रुमबाट भगाउने उनको जुक्ति भनेर साध्य थिएन  ।  काइदाको जुक्तिले पनि काम गरेन ।

मैले सोचेँ, “मष्तिकले गल्ती र सही छुट्याउन्न । ” 

बानीको आधारमा सहि र गलत छुट्याउने हो । ब्रेन प्याटर्न उसको बिग्रने हो ।  बानी उसको बिग्रने हो । म चुपचाप निस्केँ । मलाई उसको गलत बानीसँग मत्लब नै लागेन । 

“केही भन्नू न ।” घरबेटीले फेरि  कर गरे । 

मैले सोधेँ, “फेरि अरुलाई पनि गर्नु भयो कि ?” 

उनले आङ्ग कन्हाउँदै भने, ” तपाईँलाई भनेर  दोस्रो पटक धमिलो पानी छोडेको । बुढी परिछ । त्यो दिन घरमा बस्न दिएनन् ।” 

मलाई आफैँ अचम्म लाग्यो । उनका नाटक जान्न उनैलाई मैले सोधेँ , “यो उपद्रो तपाईँको पाप कि बानी ?”

– हेलम्बु-६, सिन्धुपाल्चोक 

यो क्याच शेयर गर्नुहोस्:

Comments (0)

No comments yet — be the first to say something.