गजल
नशा लाग्यो हेर्दैखेरी अर्को प्याला पिलाउ बरु
रंगिन लाग्छ पिउँदै जाँदा मधुशाला पिलाउ बरु
पानी पर्यो हृदयको त्यो आकाशमा तिमी नहुँदा
जोखि जोखि नजरले सालाखाला पिलाउ बरु
ऐँचो-पैँचो लाउनै पर्ने समय आयो आज फेरि
उधारोमा प्रेम दिन्न, दिन्छु ज्याला पिलाउ बरु
मस्की- मस्कि परैबाट बाण हान्दा घाइते भएँ
भमराले चुम्ने ओठ रित्तो गाला पिलाउ बरु
थाहा छैन आज किन माया बस्यो तिमीसँग
झरी पर्दा आँत भिज्छ रंगशाला पिलाउ बरु
©बालकृष्ण गजुरेल

Comments (0)
No comments yet — be the first to say something.