Catch feed

Catch → गजल ( नशा लाग्यो)

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

गजल ( नशा लाग्यो)

गजल  

नशा लाग्यो हेर्दैखेरी अर्को प्याला पिलाउ बरु

रंगिन लाग्छ पिउँदै जाँदा मधुशाला पिलाउ बरु 

पानी पर्यो हृदयको त्यो आकाशमा तिमी नहुँदा

जोखि जोखि नजरले सालाखाला पिलाउ बरु 

ऐँचो-पैँचो लाउनै पर्ने समय आयो आज फेरि

उधारोमा प्रेम दिन्न, दिन्छु  ज्याला पिलाउ बरु 

मस्की- मस्कि परैबाट बाण हान्दा घाइते भएँ 

भमराले चुम्ने ओठ रित्तो गाला पिलाउ बरु 

थाहा छैन आज किन माया बस्यो तिमीसँग 

झरी पर्दा आँत भिज्छ रंगशाला पिलाउ बरु 

©बालकृष्ण गजुरेल

यो क्याच शेयर गर्नुहोस्:

Comments (0)

No comments yet — be the first to say something.