के सुनाऊ तिमीलाई मनको व्यथा
तिम्रै सम्झनाले भरिएको छ मेरो कथा
के बताऊ तिमीलाई सपना मेरो
छिया छिया हुन्छ मन तिम्रो
सायद यहि थियो तिम्रो र मेरो माया
तिम्रो सफलताको कामना मात्र गर्नु
तिम्रो स्वरलाई आफ्नो ढुकढुकी बनाई
उदाउदो सूर्यलाई तर्पण गर्नु
आफ्नो अस्तित्व तिमीलाई बताउन
तिमीलाई चिनाउन चित्कारछ यो मन
तिम्रो सामिप्यता तिम्रो निकटता
खोज्छ यो मेरो तन
जानु तिमि सफलताको नयाँ उचाई
म बस्छु तिम्रो पर्खाईमा
तिम्रो त्यो सुरिलो धुन
हरेकको धड्कनलाई सुनाई
Comments (4)
good_test
Editkun chanda ho yo?
khoi chanda malai thaha vayena, mann ko kura lekhe pachi tyo mann ko chanda hola sayad...lekhna matra aaune ho malai, chanda ko khayal hudaina..
haha... man ko chanda ta ho, tara kunai chanda ta hola ni! jasto sikharini chanda, jyaure chanda, sardulbikridit chanda chhan ni! maile ta ti kunai chanda ma po hola vanthaneko!