Catch feed

Catch → जिन्दगीका पानाहरु

✓ Unlocked — enjoy the rest of the Catch

मलाई मेरा बा – आमाले 
एउटा सफेद र खाली पाना जिन्दगी दिनुभो पुरानो वर्ष क्यालेण्डर गाथा मोडेर ठूल्दिदीले पहिलो पानाको सिरानमा ठूला अक्षरले नाम र कक्षा लेखिदिएकोखाली पाना जिन्दगीसुर्केनी झोला भिरेरसान्दिदीको औलामा पिङ खेल्दैठूल्दाईको अघि – अघिउफ्रिँदै, पुलुकिँदैजीन्दगीको नयाँ पाठशाला पुगेँ जहाँ म जस्तै अरु थुप्रै खाली पाना जिन्दगीहरुबा – आमा, दाई दिदीसितसुर्केनी झोलामामकै–भटमास, बेलौती च्यापेरडल्ला डल्ला आँसु खसाल्दैआएका रहेछन् पाठशालादिनभरी भाँडाकुटी÷झ्याँइकुटी खेल्न छोडेर ।
गुरु बा, गुरु आमाले पानाभरीअक्षरका ठूलठूला डोबहरु बनाइदिनुभोउज्वल भविष्यको बाटोका पदचिन्हहरु कोरिदिनुभोगोठे किलो जस्तै लाग्नेबाले तिखारिदिएको पेन्सिललेत्यहि डोबहरु टेक्दै टेक्दै यहाँसम्म आइपुगेँअक्षरको डोबहरु नमिल्दा, बिग्रिँदा हजुरबा सुत्ने सिरानी जस्तै इरेजरलेघरमा बालेपाठशालामा गुरु बा, गुरु आमालेक्यर्याङम्याराङ अक्षरका डोबहरु मेटिदिन्थेअर्को पटकमा अक्षरका राम्रा डोबहरु बनाउन सक्ने भएँत्यहि खाली पानाको मैदानमा मेट्दै लेख्दै, लेख्दै मेट्दैअनगिन्ति सून्दर डोबहरु बनाएँ थुप्र्रै कथा, कविताहरु लेखेँकेही प्रेम, केही जीन्दगीकागृहकार्य गर्दै आएँ
तर जीन्दगीको विजगणित नमिलेर केरिएका पानाहरु लेख्दालेख्दै अधुरै छाडिएका कथा, कविताफरार पात्रहरु, बन्दी र कुरुवा यादहरुको कथालेत्यो खाली पाना जिन्दगीविस्तारै भरिँदै छकेरमेट र केही अमूर्त अक्षरहरुले
अचेल यस्तो लाग्छ, यो केरमेट पाना जिन्दगी दुइहातले समातेर फेरी बा – आमालाई देखाउँगुरु बा, गुरु आमालाई पनि देखाउँ र मेटिदिउनकेरिएका, विग्रिएका अशुद्ध अक्षर र डोबहरुवा मागुँ एउटा अर्को सफेद र खाली पाना जिन्दगी ।

Comments (2)

WritingNepal (Legacy Archive) 13 years ago

बाले तिखारिदिएको पेन्सिलले त्यहि डोबहरु टेक्दै टेक्दै यहाँसम्म आइपुगेँ man chune kabita!

Reply Edit
शैलेन्द्र श्रेष्ठ13 years ago

धन्यवाद सर !

Reply