रगतको सिउदो भर्नेलाई थाहा हुन्छ प्रेम
आत्मवाट माया गर्नेलाई थाहा हुन्छ प्रेम
हाँसी– हाँसी माझीको डुङ्गा सयर नगरी
आँशुको समुन्द्रमा तर्नेलाई थाहा हुन्छ प्रेम
फर्केको फुलको डाली तर्फ नजर नलगाई
पिरतीको विरुवा छर्नेलाई थाहा हुन्छ प्रेम
ईन्द्रेणीको रङ्ग सँग कहिल्यै खुशी नमिसाई
मनको वस्तीमा सर्नेलाई थाहा हुन्छ प्रेम
Comments (2)
dami x sir
dami lago