नदी आफ्नो लक्ष्यको बिशाल शहर समुद्रमाहिरा मोती खोज्न गहिराई गहिराईसम्मडुबुल्की मार्छ तैरन्छछचल्किन्छ,कहिले सुनामी बनेर छटपटिन्छ,कहिले काँहीशान्त र सिथिल हुन खोज्छ ।
बिशाल समुद्रमाउस्का सबै सपना, लक्ष्यकहाँ पुरा हुन्छन् र ?नुनिलो झोलमा नमेटिएको प्यास लिएरउस्को भिरालो ओरालोमा बहँदाको घाउ चहर्याएरतातो घामले निसास्सिएर बाफिएरमाथि माथि खुला आकाशमा हावासँगै बहँदै, चिसिँदैआफ्नै माइत फर्कन्छे,तिनै बाधाहरुका अग्ला पहाड नाघ्दैएक दिन ठोक्किन आइपुग्छेपानी पानी हुन ।केही दिन पछि उ फेरी माइतीको दुःख देखेरबिशाल सुमन्द्रको शहर पस्छेउही जीवनका भिरालो ओरालोको बाटो हुँदै एउटी सोझी गाउँले युवती जस्तैअनेक थरी सपना बोकेर ।
Catch → नदी
✓ Unlocked — enjoy the rest of the Catch
Comments (0)
No comments yet — be the first to say something.