Catch feed

Catch → नयाँ युगको प्रतिक्षा

✓ Unlocked — enjoy the rest of the Catch

कुनै एक दिन
पृथ्वीको गोलो चकटीमा पल्टेर बादलको न्यानो र सफा च्यादर ओडेरसबेरै सबेरैसपनाले चिथोरिएका आँखा मिच्दै मिच्दैनिलो आकाशको भर्चुअल स्क्रिनमा सबैभन्दा पहिले फेसबुक ब्राउज गर्नेछु टेलिकमका थोत्रा इन्टरनेट तारहरु थुतेरखुला ब्रह्माण्डको वाइफाईमा रम्नेछु मेरो सगरमाथाबाट एक कोन आइसक्रिम चाट्दैयुगौँ युग देखि रिसाएकी  मेरी प्रियसीलाई सोध्नेछु ‘तिमी पनि खान्छ्यौ?’ फेसबुकको स्ट्याटस अपडेटमाहिमनदी, नदी र बिशाल समुद्रका रंगीन तस्वीरहरु ट्याग गरेरअर्को कुनै युगसम्म कुरिरहनेछु एक ‘लाइक’ र एक ‘कमेण्ट’सूर्य जत्रै ठूलो स्माइलीका साथ ।

Comments (0)

No comments yet — be the first to say something.