अचेल ‘यादहरु’ आउँछन्, मैले ‘याद’ नगरेकोमा रिसाएर जान्छन्
थरीथरी यादहरु हुलका हुल यादहरुकुनै गाउँघर तिरैकाकुनै शहर पसेकाकुनै शहर छोडेकाकुनै विदेशिएका
केही स्वर्गीय यादहरुकेही अविस्मरणिय यादहरुकेही भुतपूर्व यादहरुकेही निवर्तमान यादहरु
कहिले एकाबिहानै कहिले साँझपखकहिले मध्यरातमैकहिले दिउँसैआइपुग्छन् मलाई खोज्दै खोज्दै संकटकालमा सेनाले झैँ संकटकालमा छापामारले झैँ
म कहिले उठेकै हुन्न म कहिले सुतेकै हुन्न म कहिले ब्यस्त ब्यस्त हुन्छु, मैले भुल्न खोजको केही यादहरुसित अरुले भुल्न खाजेका केही यादहरुसित
तर ती यादहरु, मेरो चियोचर्चो गर्न मात्र पो आउँदा रहेछन् मैले युद्ध रच्दैछु भनेरमैले युद्ध छाड्दैछु भनेरमेरो के हाल छ भनेरमेरो बेहाल छ भनेर
अचेल यादहरु अनायास आउँछन् केही भ्रम लिएर केही भूल गरेर केही जानेर केही नजानेर आउँछन्, बस्छन् अनि जान्छन् केही छिन्,केही दिन मैले बास दिएकै छु, मनभित्र आफू निस्सासिएर पनि
विनासित्ती कुरा काटेर जान्छन् न कैहिल्यै नफर्कने गरी जान्छन् विनासित्ती यादहरु मैले याद नगरेकोमा रिसाएर जान्छन् ।
Catch → रिसाएका यादहरु
✓ Unlocked — enjoy the rest of the Catch
Comments (0)
No comments yet — be the first to say something.