Catch feed

Catch → आन्याको सपना

✓ Unlocked — enjoy the rest of the Catch
लघु उपन्यास (Novela)

आन्याको सपना

Yek rawal

बिहान ११ बजेतिर,

चर्को घाम लागेको थियो । केहि भर्खरका जवान युवा युवतिहरु विभिन्न

थरिका झलमलेपोशाक लागर्इ विद्यालय गेट भित्र प्रवेश गर्दै थिए ।

जहाँ सँगित बजि रहेको आवाज गुन्जि रहेको थियो । त्यहाँको वातावरण

हेर्दा लाग्थ्यो । मानौँ त्यहाँ कुनै कायक्रम भर्इ रहेको थियो ।

“ आन्या ! आन्या ! कति ढिला आएकी हौ ।“ विद्यलय गेट नजिकै

आकाशे निलो रङ्गको अम्ब्रेला डिजाइनको पोशाक लगाएकी एक

लगभग १९ वर्षकि युवति हात हल्लार्इ रहेकी थि र्इ । ओठमा एक शान्त

अनि खुसि को मुस्कान । फुस्रो ओठ । सेता दाँत । आखाँमा कालो गाजल

ढपक्कै लगाएकी । कानमा ठुला चुरा जत्रा सेता रिङ हल्लि रहेका थिए ।

अनि कपाल कर्लि परका थिए । जुन बाँधि एका थिएनन् । हावा सँगै

उड्नलार्इ स्वतन्त्र थिए तर उडेर जान भनेसक्दैनथ् । किनकि ति त

प्रकृति को बन्धनमा बाँधिएका थिए । समय पुगेपछि आफै फुत्किएर

उड्ने छन् एक अन्जान यात्रामा ।

उ जुन दिशा तर्फ फर्केर हात हल्लार्इ रहेकि थि र्इ । त्यहाँ एक उसकै

उमेरकी आन्या नाम गरकी सुन्दर युवति असन्तोस् जनक मुख मुद्रामा, लगार्इ रहेको कालो र ठाँउ ठाँउमा सेता बुट्टा गरेको उस्तै अम्ब्रेला

पोशाकलार्इ दुई हातले अलि माथि उचालेर स्यान्डेल लगाएका

खुट्टालार्इ अगाडि बढाउदैथिर्इ । जहाँ आन्यालार्इ पुकारि रहेकी थि र्इ

उसकी मिल्ने बेस्ट फ्रेन्ड मायाकुमारीले।

आन्या मायाकुमारी सामु पुग्दा मायाकुमारीले भनि हाली, “ के आजको

दिन पनि अध्याँरो मुख लगाएकी हौ । आजको दिन त खुसि हुनु। हाम्रो

welcome प्रोग्राम पो हो त ।“

“ होस् जेसुकै । तैले भनेर मात्रै आएकी । मलार्इ आउनुनि थिएन ।

यस्ता नचाहिदा प्रोग्राममा ।“ आन्याले नाक खुम्चार्इ । “ प्रोग्राम हो पो

कहाँ ? गेटमा चाँहि किन उभिएकी ?”

“ तलार्इ पर्खेकी हु के । काम नपाएर यस्तो घाम घाममा उभिन्छु 
कि क्या हो ।“ मायाकुमारिले रुमालले मुहार पुछि । “ आउन मन नलागी

नलागी मैले बोलाएर त मुख अँध्यारो पारेकी त होइनस् ।“

मायाकुमारिले शंका मेटाउन चाँही । उ चाहदैनथि कि उसको कारण

उसकी बेस्ट फ्रेन्डको चित्त दुखोस् ।

“ होइन । त्यस्तो कुरामा पनि के रिसाउनु। आज मैले कस्तो नराम्रो

सपना देखेकी थि ए । त्यै भएर मुख उज्यालो नदेखिएको हो । घरकाले

गर्नु गाली गरे।

सपनाले सातो पुल्तो लगेको थियो । मेरो । राती जोड जोडले चिल्लाएर

घरका सबैलार्इ उठार्इ दिएकी थि ए । सबै दगुरा दगुर मेरो कोठामा पुगे

र बत्ति बाले। बा आमा, दाइदिदि अनि सानो भार्इ त मलार्इ खाँउला झै

हेर्दै थिए । बिहान भए पछि गर्नु गाली गरे।“ आन्याले एकै स्वरमा भनि । “ के विधि आत्तिएकी । व स्तारै भन्। अनि ढोका नलगार्इ नैसुतेकी त

?” मायाकुमारिले उ तिर हेर्दै भनि ।

“ साहित्य कुमार ज्युको क्राइम नोबेल पढ्दै निदाएको पत्तैपाइन ।

कहाँबाट ढोका लगाउनु। बत्ति पनि को आएर बन्द गरि गयो थाहै पाइन ।

“ आन्याले लामो लामो स्वास लि र्इ आफुलार्इ शान्त गरि ।

“ त्यस्तो के सपना देखेकी थि र्इस् चिल्लाउनलार्इ ?” मायाकुमारिले

जान्न चाहि ।

“ खयरका रुखहरुले भरि एको अध्याँरो जङ्गलमा मलार्इ एक

नोबेलको अपराधि साइको केटोले खयरका काँडाहरुले भरिएको
दाउराले कुट्दै थियो । म भाग्न थाले । तर उसले मेरो जगल्टा समातेर

लतार्दै खयरका काँडाहरुमा फाँलि दियो । “ आन्याले हुबहु सपनालार्इ

फिल्म बताए झैगरि बताइ ।

मायाकुमारि एक छिन हाँसि । “ के सपाना देखेकि यस्तो । क्राइम नोबेल

नपढ भनेको मान्दैनेस्। दिन रात त्यहि पढ्छेस । अनि सपनामा त्यस्तै

त पर्ने भयो । के जाती त्यो क्राइम नोबेल पढेको के । त्यो पनि साइको । “

उसले आफ्नो हाँसो थाम्दै भनि ।

एक छिन दुबै शान्त भए ।

“ तँलार्इ थाहा छ । आज होटल सनमा साहित्य उत्सव आयोजना हुदैछ

नि । दिउँसो दुई बजेतिर । welcome प्रोग्राम बाट चाढै होटल सन तिर

लागौला नि । साहित्य कुमारको नयाँ नोबेलको विमोचन भर्इ रहेको छ, त्या ।“आन्या खुसिले उर्फि । केहि समय अघि उसको मुहारको अध्याँरोपना त्यस पलगायब भएको थियो । मुहारमा रोनक छाएको थियो । मन्द मुस्कान ।

आन्या त्यसरी खुसी भर्इ उफ्रिदा झन्डै खुट्टा मर्केको थियो । धन्न

उसले आफुलार्इ समाली ।

त्यस पल सबैको ध्यान आन्या तिर खिचिएको थियो । जो क्वार क्वारती

आन्याको व्यवहारलार्इ नियालि रहेका थिए । सोचे होलान कस्ती

पागल केटि । हो उ पागलैथि र्इ । पढाइको संसारमा, जहाँ उ नोबेलको

कथाका पात्रहरुमा आफुलार्इ हराउथी । उसको प्रिय लेखक थिए,
साहित्य कुमार । देशका प्रख्यात साहित्यकार अनि सफल लेखक व्यवसायी ।

***

क्रमश…………………………………………………………

Comments (0)

No comments yet — be the first to say something.