त्यस दिन म रहिन् । त्यस दिन उ पनि रहेन । किन कि उ र म भन्ने मान्छे म आफै थिए ।
त्यस दिन म त्यहाँ गइन्। त्यसैले म त्यहाँ रहिन । त्यस ठाउँमा मेरो उपस्थिति रहेन। जसका कारण त्यसदिन त्यस ठाउँमा मेरो अस्थित्व पनि रहेन । गएको भए। म पनि हुन्थे । उ पनि हुन्थ्यो । तर त्यसो भएन । हुनै चाहेन । किनकि मेरो मन ले मानेन । म मेरो मन विपरीत जान सकेन । किनकि मेरो मन सँग हौसला थिएन । प्रेरणा थिएन । एक – एक ति हौसला, प्रेरणा सिसाको गिलास फुटेर टुक्रा टुक्रा भए झै भयो। किनकि गिलास फुट्न बाट कसैले बचाएन । वास्तै गरेन। अनि उ हरायो । म हराए । मेरो उपस्थिति हरायो । अस्थित्व हरायो । मेरो निद्रा हरायो । सब थोक हरायो । म म रहेन । उ उ रहेन । कसैले बुझ्न सकेन । बुझ्ने प्रयास नै गरेन । होइन प्रयास नै गरेन । किनकि कसैलाई केही फरक नै परेन । म हुनु र नहुनु मा । पर्दैन पनि । प्रकृतिलाई पनि म रहनु र नरहुनुले के नै फरक पर्छ र । यहाँ मूल्य को पनि मूल्य हुँदैन ।
के अब म मनै रहुला त ?
नोट्स: त्यस रात उसँग के भयो? अध्याय तीन publish भएकाे छ । पढ्नु होला । सिसाको गिलास फुट्न बाट बचाउनु होला ।


Comments (0)
No comments yet — be the first to say something.