एउटा अल्बाट्रस प्रशान्त महासागर देखि काला सगरसम्म सागर गैरे ज्यू को नियात्रा कृति हो । साहित्य विधाको एक महत्त्वपूर्ण विधा नियात्रा, जहाँ उहाँले आफूले यात्रा गरेको ठाउँको पर्यटकीय स्थलको वर्णन देखि लिएर त्यहाँको राजनीतिका साथै थोरै बहुत इतिहास पनि खोतल्ने प्रयास गर्नु भएको छ । जसका कारण यो पुस्तक साधारण प्रेमील उपन्यास जस्तो नभएर एक ज्ञानको अनुपम भण्डार हो ।
उहाँले मलेसिया, भियतनाम, गोवा, फिलिपिन्स, जर्जीया यात्राका क्रममा बटुलेका सम्झनाहरू, अनुभवहरुलाई सरल शब्द भाषा शैलीमा उतार्नु भएको छ ।
उहाँले यात्रा गर्नुभएको ठाउँहरु मध्ये मलाई आकर्षित गरेको ठाँउ मलेसिया लाग्यो । उहाँले कति मजाले मलेसियाका टापुहरूमा यात्रा गरेको अनुभवलाई जस्ताको तस्तै फिल्मको पर्दामा उतारेर पाठक सामु राखे झै लाग्यो । एक पटक जीवनमा मलेसियाको त्यो प्रकृतिको अनुपम भण्डार घुम्न जाने रहर जागेको छ । हेरौ भविष्यमा के हुन्छ ?
उहाँ सँगै विभिन्न ठाउँहरूको भ्रमण गरियो । पुग्दै नपुगी लेखक सँगै अनुभव बटुलियो।
लेखक : सागर गैरे
प्रकाशक : माया पब्लिकेसन
लघु समीक्षा: एक रावल

Comments (0)
No comments yet — be the first to say something.