Catch feed

Catch → गीत १

✓ Unlocked — enjoy the rest of the Catch
Catch

गीत १

जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है
लान्छु कतै तिम्रो तस्वीर सम्झनीमा नभेट है

गाजलु ति तिम्रा आँखा चम्कीरहने सधैँसधैँ
लजालु ति मुस्कानहरु छाइदिने कतैकतै
निहूरिएर कर्के नजर हेरी तिमी भागीदिन्थ्यौ
चिहाएर एकोहोरो कतैबाट हेरीरन्थ्यौ

खसालेर आँशु तिमी मलाई कतै नखोज है
जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है

सँगै बाच्ने कसम हाम्ले एकान्तमा खाएकाथ्यौ
एकोहोरो आँखा जुधाई प्रिती मिठो लाएकाथ्यौ
याद बोकि जादैछु म एक्लै छोडी प्रियसीलाई
दु:ख सुख साट्ने मेरी हृदयकी हितैसीलाई

आएन भनि रुदैँ तिमी चिठ्ठी मलाई नलेख है
जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है

बिक्रमादित्य

Comments (1)

Bikramaditya 14 years ago

how is it?

Reply